नवनिर्वाचित सांसद वाग्लेलाई प्रमाणपत्र प्रदान

दमौली खबर संवाददाता

नवनिर्वाचत सांसद डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र गरिएको हो ।

प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई शुसासन, विकास र समृद्धितर्फ अघि बढ्न शुभकामना दिनुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई शान्तिपूर्ण वाताबरण स्वच्छ, निस्पक्ष एवम् भयरहित तबरबाट सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । मंगलबार विहान सम्पन्न मतगणनामा डा.वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

निकतम प्रस्तिपर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नु भएको छ । राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मंगोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गर्नु भएको थियो । निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button