जनताको चाहेको परिवर्तन आत्मसाथ गरौं

दमौली खबर संवाददाता

जनताले एक कुरा चाहेका हुन्छन् तर नेताहरुले अर्कै काम गरिहेका हुन्छन् । नेताहरु काम त गरेका छन् तर झारा टारुवा काम गरिहेका छन् । लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । जनताले अब त केही हुन्छ किन भनेर भोट परिवर्तन गरे तर नेता आफूमात्रै परिवर्तन भए जनताको अवस्था परिवर्तन भएन । युवाहरुले देशमा रोजगारी नपाएर विदेश जानु परेको छ । किसानले उत्पादनको गरेको समान बिक्री नभएर घाटा सहनु परेको छ । किसानले भनेको बेला मल र बिउ पाउँदैनन् । जनताको समस्या प्रति गंभिर नभएकाले गर्दा ठुला राजनीतिक दल नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्रप्रति विश्वास नगरेर उपनिर्वाचनमा भर्खरै खोलिएको रास्वपाका उम्मेवारले तनहुँ र चितवन दुई स्थान फराकिलो मतान्तरले विजयी भयो । तनहुँ प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले १४ हजार ७९७ फराकिलो मतान्तरले विजयी हुनुभयो। वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभयो। वाग्ले नेपाली कांग्रेस परित्याग गरेर चैत १६ गते मात्र रास्वपा प्रवेश गर्नुभएको हो थियो । कांग्रेसको किल्ला भत्काउँदै स्वर्णिमको उदय भयो । मंसिर ४ को निर्वाचनमा तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी हुनुभएको थियो। पौडेल ५ हजार ३८० मतान्तरले विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार ९८१ मत ल्याउनुभयो। तनहुँ १ मा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा मंसिर ४ को निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नुभएको थियो । छोटो अवधिमै रास्वपाले अद्भुतको मत बढाउन सफल भयो । तनहुँको विरासत कायम राख्न बाहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, कांग्रेसका महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा, काँंग्रेसका दर्जन बढी केन्द्रीय स्तरका नेताहरु आएपनि विराशत जोगाउन कांग्रेसले सकेन । कमिकमजोरी भएछ जनताको मन जित्न सकिएनछ भनेर सोच गरेर कांग्रेस, एमाले, माओवादी केन्द्र बदलिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button