तनहुँमा दुई उम्मेदवार मात्रै मतदाता

दमौली खबर संवाददाता

दमौली, वैशाख ११

तनहुँ–१ मा प्रतिनिधी सभा सदस्य उपनिर्वाचनमा नौ उम्मेदवार भएपनि दुई मतदाताले मात्रै आफ्नो लागि मतदान गर्न पाउनु भएको छ । उपनिर्वाचनमा सक्ता गठबन्धन साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्न पाउनु भएको हो । भट्टराईले व्यास नगरपालिका–११ बोलटारी स्थित तनहुँ आधारभूत विद्यालयको ‘ख’ मतदान केन्द्रबाट मतदान गर्नु भएको थियो ।

मतदान पछि जुन ठाउँबाट आन्दोलन सुरु गरिएको थियो सोही ठाउँमा मतदान गर्न पाउँदा खुसी लागेको भट्टराईले बताउनुभयो । उपनिर्वाचनमा मतदाताहरु उत्साहित भएर मत राखेकोले खुसी लागेका उहाँले बताउनुभयो । ‘‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी मेरो काँधमा हाल्नु भएको छ त्यो म पुरा गर्छु’’ भट्टराईले भन्नुभयो ।

तत्कालीन प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन गरिएको हो । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका भट्टराई गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । कांग्रेसका उम्मेदवार भट्टराई र राप्रपाको गुरुङ बाहेक अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मतदान गर्न नपाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा (एमाले) का सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्नै लागि मतदान गर्न पाउनु भएन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button