तनहुँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५२ प्रतिशत खस्यो

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ११ गते

तनहुँ–१ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । एक लाख २३ हजार ३०५ मतदाता मध्ये सो सङ्ख्यामा मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो । मंसिर ४ भएको निर्वाचनमा भन्दा दुई प्रतिशत कम खसेको उहाँले जानकारी दिनुभयो । ढकालका अनुसार मङ्सिरमा ५४.२ प्रतिशत मत खसेको थियो । त्यतिबेला अहिलेको भन्दा १८५ मतदाता बढी थिए । मतदान समाप्त पछिको प्रारम्भिक जानकारी अनुसार ५२ प्रतिसत भन्दा बढ़ी मतदान भएको ढकालले जानकारी दिनुभयो । तथ्याङ्क अपडेट भइरहेकोले यकिन तथ्यांक नभए पनि करीव ५२ प्रतिशत मत खसेको ढकालले बताउनुभयो ।

क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटा पालिकामा ६९ मतदानस्थलका १५२ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । ‘‘सबै मतदान केन्द्रमा शान्तपूर्ण रुपमा निर्वाचन पुरा भएको मतपेटिका ल्याउने काम धमाधम भईरहेको छ’’ रिजालले भन्नुभयो ।

हाल मतपेटिका गणना स्थल दमौली स्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याईएको छ । सर्वदलिय वैठक बसेर आज राती देखि नै मतगणना गर्ने गरी तयारी भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार देवघाट गाउँपालिका रहेको मतदान केन्द्र धेरै टाढा पर्ने भएकाले आज राती १२ बजे सम्म मतपेटिका आईपुग्ने अनुमान गरिएको छ । सबै मत पेटिका आईसकेपछि उम्मेदवार र दलहरुबीचमा सहमती जुटाएर मतगणना गरिने छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button