नेता जोशीद्वारा बि पि बिचार समाज तनहुँको भवन उद्घाटन

नेपाली काङ्ग्रेसका पुर्व सह–महामन्त्री एवम् बिपि बिचार राष्ट्रिय समाजका सह–सभापति गोबिन्द राज जोशीले ब्यास नपा १२ घाँसीकुवा गोल्ला स्थित बिपि बिचार समाजको नबनिर्मित भवनको शनिबार उद्घाटन गरेका छन् । करिब एक करोड मुल्य बराबरको लागतमा बनेको उक्त भवनको उद्घाटन गर्ने क्रममा नेता जोशीले बिपिको सच्चा इमान्दार कार्यकर्ताहरुले बिपिको सहि बिचार बोकेको हुनाले नेपाल भित्र धेरै जिल्लाहरुमा बिपि बिचार समाज गठन भएको कुरा जानाकारि गराए ।

यसै सन्दर्भमा तनहुँमा पनि आफ्नै भवनको आवस्यकता परेको हुनाले नेपाली काँगे्रसमा आवद्ध साथीहरुको मुख्य सहयोग र सरसल्लाह अनुसार अगाडि बढेको कुरा उनले बताए । नेता जोशीले सुरुमा भवन निर्माण गर्न लाग्दा पूर्व संविधान सभा सदस्य उर्मिला थापाको विशेष सहयोगमा जग्गा उपलब्ध गराइ भवन निर्माणको थालनि गरेको कुरा स्मरण गराए । उनले भने, ‘ बिपि को बिचार छोडेर सत्ताको मोहमा हिड्दा काँगे्रसलाई अप्ठेरो परेको हो । काँगे्रसलाई भगवानले सद्बुद्धि दिए भने काँगे्रस अगाडि बड्न सक्छ यदि दिएनन् भने देशमा काँगे्रसको बिकराल स्थिति पैदा हुन्छ जस्ले गर्दा युवा पुस्ता र गाउँमा रहेका जनताहरुलाई निरासा छाउन सक्छ ।’

यस्तो अबस्थामा काँगे्रसले आफ्नो वडामा क्रियाशिल सदस्यता वितरण गर्दा तेरो मेरो नभनि आवश्यकताको आधारमा सक्षम युवाहरुलाइ क्रियाशिल सदस्य दिएर वडा देखिनै नेतृत्व चयन गर्न लगाइयो भने सक्षम नेतृत्व प्राप्त गर्न सकिने नेता जोशीले बताएका छन् । यसै सन्दर्भमा उनल भने,‘ बिगतको इतिहास हेरेर बर्तमानमा दोहो¥याएको खण्डमा वा काँगे्रसलाई मिलायर नजाने हो भने फेरि पनि काँग्रेसमा अप्ठ्यारो स्थिति आउन सक्छ ।’ यदि आफुलाई व्यवस्थापन गर्दैनन् भने प्रत्येक स्थानिय निकायमा आ–आफ्नो उमेद्वारी उठाउने र संघ र प्रदेशमा पनि सोही अनुरुप आफ्नो समुहलाई उठाइ चारतारे झण्डा लिएर निर्वाचनमा जाने कुरा उनले बताए ।

उक्त भेलाबाट बिपि बिचार समाज तनहुको ११औँ साधारण सभा तथा ५औ जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशन बाट बिपि बिचार समाज तनहुँका पुर्ब अध्यक्ष दिल्लीराम अधिकारी अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका छन् । निर्वाचन अधिकृत हरिमान श्रेष्ठको नेतृत्वमा भएको निर्बाचनमा अध्यक्ष पदको उम्मेदवारको रुपमा उनको मात्र उम्मेदवारी परेको हुँदा अधिकारी सर्बसम्मत वा निर्बिरोध निर्बाचित भएका हुन् । नव निर्वाचित अध्यक्षलाइ उक्त कार्यक्रमका प्रमुख अतिथि नेता जोशीले प्रमाण पत्र प्रदान गरेका थिए ।

उक्त भेलाबाट वि.पि. विचार समाजको भवन निर्माणमा सहयोग गर्नुहुने श्याम के.सी. शुक्लागण्डकी – ६, सुनिल घिमिरे व्यास – २, ज्योतिकुमार श्रेष्ठ व्यास – ४, त.उ.वा. अध्यक्ष मानकाजी श्रेष्ठ – डुम्रे, उर्मिला थापा व्यास – १२, नविन थापा व्यास –१२, कृष्ण प्रसाद भट्टराई व्यास – १, इन्द्र बहादुर दराई व्यास –४, प्रदिप पौडेल व्यास –३, सुरज सुब्बा व्यास –२, ऋषिराम अधिकारी बन्दिपुर –१, मीनबहादुर गुरुङ व्यास –४, राजेन्द्र सेढाई व्यास – १३, खिमबहादुर पाटा व्यास – १२, श्यामबहादुर थापा व्यास –१३, देवबहादुर ज्वाहारचन भिमाद, विष्णु पन्थ आँबुखैरेनी, एकनारायण श्रेष्ठ व्यास २ लगायतका व्यक्तित्वलाई नेता जोशीद्वारा सम्मान पत्र वितरण गरिएको थियो ।

नेता जोशीले उक्त भवन निर्माण गर्ने क्रममा नेपाल सरकारको सांसद विकास कोषको रकम यसै क्षेत्रका सांसद कृष्णकुमार श्रेष्ठले सहयोग उपलब्ध गराईदिएकोमा माननिय सांसद किसान श्रेष्ठलाई पनि धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा वि.पि. विचार समाज गण्डकी प्रदेशका प्रदेश सचिव एवम् विशिष्ठ अतिथि परशुराम गिरी, काँग्रेस नेता गोपीबहादुर गुरुङ, नेपाली काँग्रेस भानुका सभापति श्रीभक्त आचार्य, काँग्रेसका जनजाती नेता सुकुमलाल गुरुङ र नरेन्द्र थापा, वि.पि. विचार समाज क्षेत्रीय सभापति द्वय इन्द्र पौडेल र रामदेव पन्थ समाजसेवी खोजबहादुर गुरुङ, भानु १० का सभापति हेमनिधि पाण्डे, महिला नेतृ इन्कन खनाल, पत्रकार महासंघ तनहुँका
अध्यक्ष ओमकार आचार्य, समाजसेवी तरुण दल नेता मिनबहादुर गुरुङ (चरी बाबा) लगायतले बोलेका थिए ।

उक्त कार्यक्रमको लेखा प्रतिवेदन समाजकी कोषाध्यक्ष चिनु पोख्रेलले प्रस्तुत गरेकी थिइन् भने प्रगति प्रतिवेदन संस्थाका सचिव हरिशरण पण्डितले प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र उपस्थित महानुभावलाई संस्थाकी उपाध्यक्ष बालकुमारी लोहनीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिशरण पण्डितले गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button