सरसफाई व्यवस्थापन केन्द्र बनाउन मद्धत गरौं

देशका प्रमुख सहरहरुमा मूख्य समस्या भनेको फोहोर व्यवस्थापन रहेको छ । यस्तै समस्याग्रत सहर मध्ये पर्छ तनहुँको व्यास नगरपालिकाको भुगोलमा रहेको  दमौली बजार । जुन सुकै स्थानमा गर्न खोजे पनि विरोध हुने भएकोले पनि यसको व्यवस्थापन जुटल बन्दै गएको छ ।  व्यास नगरपालिकाले वडा नम्बर १० को मङ्गलीगैरामा सरसफाई व्यवस्थापन केन्द्र बनाउने कार्य अघि बढाएपछि स्थानीयले विरोध गरेका छन् । नगरपालिको अन्य ठाउँ बनाउने भने पनि विरोध आउने अवस्था देखिन्छ । स्थानीय जनतासँग परामर्श, छलफल गरेर अघि बढ्नु आवश्यक छ । यस क्रममा नगरपालिकाले स्थानीय जनतासँग भेट गरी राय बुझेको छ । सो अवसरमा स्थानीयले उक्त स्थान उपयुक्त नभएको जनाएपछि व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानलेले बैकल्पिक स्थानको खोजी गर्ने समेत प्रतिक्रिया दिनुभयो । प्रक्रिया अघि बढाईएको मात्रै स्थानीयसँग वातावरणीय मूल्याङ्कन र स्थानीय वासिन्दासँगको परामर्श हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।  सो स्थानमा  व्यास नगरपालिकाले सरसफाई व्यवस्थापन केन्द्र बनाउनको लागि जग्गा खरिद प्रक्रियाका लागि स्विकृत माग गर्ने निर्णय भएपछि स्थानीयले विरोध गरेको थियो । वडावासीको प्रतिकुल रहेकाले उक्त निर्णय उपर आम स्थानीय वासिन्दासँग छलफल हुँदा उक्त स्थानमा फोहोर व्यवस्थापन  गर्न नदिने निर्णय भएको छ । वातावरण विदहरुसँग रायलिएर उपयुक्त नभएमा सो ठाउँ छोड्नु पर्ने हुन्छ । तर कतिपय स्थान उपयुक्त भएपनि विरोध भएकोले व्यवस्था कसरी गर्ने भन्ने टाउको दुखाई हुन्छ ।  कपियले सो ठाउँमा जनप्रतिनिधी समेत सग्लन भई  सस्तोमा जग्गा लिएको मुआब्जा धेरै पाउने आशमा जग्गा खरीद पक्रिया अघि बढाईएको आरोप समेत छ । यो आरोप ठिक भयो भने जनप्रतिनिधी अलोकप्रिय बन्छन् त्यसमा ध्यान दिइनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button