त्यसो त नेपालको राष्ट्रीय राजनीतिमा तनहुँ जिल्ला केन्द्र बिन्दुमै रहन्छ

२०४६ सालको राजनैतिक परिबर्तन पश्चात पछिल्लो ३० बर्ष हेर्ने हो भने यस जिल्लाबाट राष्ट्रीय राजनीतिमा प्रभाब पार्ने नेताहरू पूर्व मन्त्री गोविन्दराज जोशी,नेपाली काँग्रेस बरिष्ट नेता रामचन्द्र पौडेल , युवा नेता शंकर भण्डारी ,गोबिन्द भट्टराई देखि बर्तमान मन्त्री किसान श्रेष्ठ सम्मले तनहुँलाई आफ्नो गृहजिल्लाको परिचय दिदैं आफ्नो राजनीतिक भविष्य बनाएका हुन् ।

नेपाल सरकारले घोषणा गरेको आसन्न स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा तनहुँ जिल्ला सदरमुकाम रहेको ब्यास नगरपालिकामा भने अबको मेयरको बन्ला त ? भन्ने बहस चर्चा / परिचर्चा शुरु भएको छ ।

बिषेशत: नेपाली कांग्रेसको बाहुल्यता रहेको यस नगरपालिकामा यस अघि भएका निर्वाचनमा ने.का.कै उन्मेदवारले मेयरको कुर्सी हात पारेको इतिहाँस छ । त्यसो त तनहुँको स्थानीय राजनीति पहिले भन्दा फरक र तरल छ । मुख्यत: नेपाली कांग्रेसले पुर्व मन्त्री तथा ने.का. सह -महामन्त्री गोविन्दराज जोशीलाईने.का.को साधारण सदस्यबाट समेत नरहने गरी कारवाही गरे पछि तनहुँ कांग्रेसमा स्पष्ट रुपमा विभाजन देखा परेको हो ।

तनहुँ जिल्लाको विकास तथा तनहुँ कांग्रेसको संगठन बिस्तारमा अहम् भूमिका खेलेका नेता जोशीलाई त्यो हद सम्मको पार्टीले कारबाही गर्नु आफैमा दुर्भाग्य तथा खेद पूर्ण रहेको त्यहाँका स्थानीयबासी बताउछन् ।

आसन्न स्थानीय निर्वाचनबाट ब्यास नगरपालिकाको मेयर बनि ब्यास नगरको सारथि बन्दै शान्ति ,सम्वृद्धि र बिकासका लागि काम गर्ने धोको रहेको भन्दै एक शिक्षित /सादगी युवा दीपकराज जोशी मैदानमा देखिएका छन् । उनले आउदो निर्वाचनमा आफूलाई सकेसम्म नेपाली कांग्रेसले उम्मेदबार बनाओस् भ न्नेचाहना राखेका छन् । यदि सो नभएमा पनि आफू स्वतन्त्र रुपमा नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्ने कुरा घोषणा गरेका छन् ।

माध्यामिक स्तरको शिक्षा स्थानीय तहबाटै पुरा गरेका दीपकले उच्च शिक्षा भने फिलिपिन्स र अमेरिकाबाट हाँसिल गरेका हुन् । प्राज्ञिक व्यक्तित्वका धनी दीपक सरल र सादगी जीवनमा बिस्वाश गर्छन् । कांग्रेसको बिरासत जोगाउन आफ्नो तिन पुस्ताले योगदान गरेको दाबी गर्ने दीपकराज जोशी पुर्वगृह मन्त्री गोविन्दराज जोशीका छोरा हुन् ।

माध्यामिक स्तरको शिक्षा स्थानीय तह बाटै पुरा गरेका दीपकले उच्च शिक्षा भने फिलिपिन्स रअमेरिकाबाट हाँसिल गरेका हुन् ।

आफ्ना पिताजी राष्ट्रीय राजनीतिको महत्वपूर्ण पदमा रहदा समेत पदको दुरुपयोग नगरी सधैँ सानो कदमा रमाउने स्वभाब दीपकको रहेको छ । उनै दीपक आज आफ्नै पहिचान तथा आफुले बाह्य अध्ययनबाट सिकेको ज्ञान र सीप स्थानीय स्तरमा लागु गर्न आफु राजनीतिमा आउन लागेको बताउछन् ।उनि थप्छन “शिक्षित यूवा ,आजको राजनीतिको आबस्यकता” भन्ने नारा नै आज सारा देशबासीको हुनु पर्छ । अनिमात्र दुषित: राजनीतिमा आशाको किरण देख्न सकिन्छ ।

नेपाली काँग्रेसमा प्रभाकारी नेतृत्वमा रहेका अर्का नेता रामचन्द्र पौडेलको समेत गृह जिल्ला रहेको तनहुँमादीपकराज जोशीको मेयरको उन्मेदवारीको घोषणाले काँग्रेस पार्टी तथा स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको देखिन्छ । दीपकको यो उम्मेदबारी घोषणालाई “भिरमा फुल्न लागेको आशाको कमल ” को संज्ञा दिन सकिन्छ ।

अब प्रश्न उठ्छ ? कांग्रेसले के गर्ला त ?

के शिक्षित / सादगी यूवा दीपक जोशीलाई ब्यास नगरपालिकाको मेयरको उम्मेदबार बनाउला त ?

तनहुँ कांग्रेसमा केही बर्ष देखि चल्दै आएको कांग्रेस नेता द्वय जोशी र पौडेलको कटाक्ष दोहोरीमा यूवा नेतादिपकको उम्मेदवारी सेतु बन्न सक्ला त ?

नेपाली कांग्रेसको सभापति देखि बरिष्ट नेता पौडेल सम्मले बर्तमान सत्ता गठबन्धनको डोरी कसिलो बनाउनुपर्ने आजको आबश्यकताको पक्षपोषण गर्दै गर्दा तनहुँमा देखिएको संभावित कांग्रेस एकताको समायोजनमा रुचि देखाउलान् त ?

त्यसो त यूवा नेता दीपक पनि नेपाली कांग्रेसमा कम योगदान भएका व्यक्त्ति हैनन् । ने.का. को पारिवारिक पृष्ठभुमि मात्र नभएर स्वयम् उनी पनि बिद्यार्थी राजनीतिमा रहदा जेलनेल खाएका सकृय यूवा हुन् ।

उनको सालिनता ,सादगी जीवनशैली तथा उनले सिकेका राष्ट्रीय अन्तराष्ट्रिय ज्ञान / सिपहरु स्थानीयस्तरमा रही सेवा गर्ने अभिलाषा राखेकोले नेपाली राजनीतिमा “युवा आजको आबस्यकता”भन्ने जोकोहिले उनको यो निर्णयलाई साथ र समर्थन गर्नु बान्छनीय हुनेछ ।

फोहोरिएको राजनीतिमा यसरी शिक्षित यूवा बर्गको सहभागिता गर्न सके राजनीति पेशा/ब्यापार नभई सेवाभावमा बदल्न सकिन्छ कि ? भनि जाच्ने अवसरका रुपमा पनि दीपकको उम्मेदवारीलाई लिन सकिन्छ ।

अर्को तर्फ तनहुँ काँग्रेसमा देखिएको शिर्ष द्वय नेतृत्वको बिबादले स्थानीय काँग्रेस आम कार्यकर्ताहरुमा परेको कोभाजनमा “दीपक जोशीलाई” कोशेढुंगा बनाउन सकेमा मात्र तनहुँमा कांग्रेसले गत आम निर्वाचन २०७४ मा गुमेको साख फिर्ता गर्न सक्ने सम्भावना प्रबल रहन्छ ।

पुर्व मन्त्री गोविन्दराज जोशी माथि गरिएको कार्वाही फुकुवाको साथै उनको राजनीतिको उचित ब्यबस्थापन गरी युवा दीपकको खुल्ला राजनीतिमा होमिने चाहनालाई ब्यबस्थापन गर्न सके मात्रै पौडेलको बरिष्ट नेताको ताज सुरक्षित रहन सक्छ । नत्र “गठबन्धनको राप”उन्मादले मात्र उदाँउदो सूर्यलाई परास्त गर्न तनहुँ काँग्रेस किमार्थ सक्षम हुने छैन् ।

तनहुँका पुराना काँग्रेसी तर्क गर्छन् “जोशी तनहुँ कांग्रेसको खम्बा हुन् । खम्बालाई पर सारेर परालको सहाराले घर बनाउन खोज्नु मुर्ख पन भन्दा केही होइन । अत: जोशी बिनाको तनहुँ कांग्रेसको हित सपनाकोताज महल झैँ हुनेछ ।

तनहुँका पुराना काँग्रेसी तर्क गर्छन् “जोशी तनहुँ कांग्रेसको खम्बा हुन् ।

यसको ब्यबस्थापनका लागि मुख्यत: नेपाली काँग्रेसको मूल नेतृत्व सभापति देउवा र वरिष्ट नेताले समायोजनकारी भूमिका खेलेमा मात्र तनहुँको हिजोको काँग्रेस जिवन्त हुन सक्ने अवस्था देखिएको छ ।

अन्यथा कोशे ढुंगामा फल्न लागेको “सुन्तला” गुलियो बनाएर खाने कि ? अमिलो बनाउने ? यिनै दुई नेतृत्वको जिम्मा हुनेछ । नभए राजनैतिक जीवनको उत्तरार्धमा पश्चातापको डोरी नापेर बस्नु भन्दा अन्यकुनै बिकल्प हात नलाग्ने कुरा सहजै आँकलन गर्न सकिन्छ ।

दीपक पन्त

मिल्वाकी,अमेरिका

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button