कांग्रेसका क्षेत्रीय प्रतिनिधी परियारलाई मातृशोक

दमौली खबर संवाददाता

दमौली, माघ २ ।

व्यास नगरपालिका–८ वर्लाची निवासी काजी परियार मातृ शोकमा पर्नु भएको छ । उहाँको ममतामयी माता टिकामाया परियारको ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधन प्रति कांग्रेसका नेता तथा कार्यकर्ताहरुले दुःख व्यक्त गरेका छन् । स्वर्गिय आमाको काजक्रिया भानु नगरपालिका–५ सेपावगैंचामा गरिएको छ । आमाको पुस २४ गते निधन भएको थियो । आज मंगलबार १३ औं दिनको पुण्यतिथी रहेको छ । आमाको ठुलो छोरा काजी, माईलो विष्णु, साईलो हरि, कान्छो चन्द्र गरी चार छोरा र ठुली छोरी चिजा, माईली निर्मला र कान्छी सिता गरी तीन छोरी रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button