घरजलेपछि भुजेल परिवारको टहरोमा बास

दमौली खबर संवाददाता

भैसी र बाख्राको गोठको छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा बनाईएकोे छ । ६ वटा काठको खामामा एककोठे बराबरको टहरा मुनि सुत्नको लागि भुँईमा ओछान बिच्छाइएको छ । चारैतिर बाट वरपर खुला छ । स–साना केटाकेटी सहित ९ परिवार त्यहीँ टहरा मुनि बाँस बिताउन बाध्य छन् । ८ दिन भयो घर जलेर खरानी भएको । शरिरमा लगाएको लत्ताकपडा र केही आवश्यक कागजात बाहेक केही बचाउन सकिएन । चैत ३१ गते मंगलबारको दिन जिल्लाको आँबुखैरेनी गाँउपालिका वडा नं ६ का सन्त भुजेलको घर आँगोले जलेर पूर्णरूपमा क्षति भएको छ ।

नयाँ साल अर्थात् बैशाख एकगतेका दिन सबैको घर–घरमा मिठो मसिनो खानेकुरा पाक्यो । सबैले मिठोमनिो खानेकुरा पकाएर खाइ नयाँ वर्ष हर्षउल्लासका रुपमा मनाए तर, भुजेलको घरमा नत चुल्यो नै बल्यो न केही खाने कुरा पाक्यो । अग्निीपिडित भुजेलले भने,‘ छिमेकीको सहयोगमा आधा पेट भएपनि खाएर बसियो’ ‘नयाँ वर्षभित्रीनै लाग्दा खरको छानोमा आगोको झिल्कोले गर्दा घर खरानी भयो । नयाँ वर्षमा घर न घाटको भयाँै ।’

घरभित्र रहेका लत्ताकपडा,खानेकुरामा आँगलागीमा परेर नष्ट भए । सो घटनापछि पीडित परिवार टहरामा बस्न बाध्य भएका छन् । हावाहुरी र पानी पर्दा टहरामा बस्न समस्या हुने गरेको छ । आँगलागी हुँदा झण्डै ५ लाख बराबरको पूर्णरुपमा क्षति पुगेको उनले बताए । भुजेल परिवारको दयनीय अवस्थाका बारेमा जानकारी पाएपछि जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवं भुजेल समाज तनहुँका सचिव पृथ्वी भुजेलले सहयोग सङ्कलन अभियान शुरु गरेका छन् उनको अभियानमा सङ्कलित खाद्यान्न तथा लत्ताकपडा सोमबार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

पीडित परिवारलाई तीन बोरा चामल, दाल, तेल, लत्ताकपडा, भाडावर्तन सहयोग गरिएको छ । पीडितका लागि घर निर्माण गर्न जस्तापाता जुटाउने अभियान पनि शुरु भएको भुजेलले बताए । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष वसुन्धरा घर्ती, जिल्ला खेलकूद विकास समिति तनहुँका सचिव तुल्सीराम पाण्डे, ललित पाण्डे, खुमबहादुर थापा, चुडामणि थापा, कमला भुजेल, विमला भुजेललगायतले पीडित परिवारका लागि सहयोग गरेका हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button