अव्यवस्थित तारले जोखिम बढ्यो

सविन लामिछाने

दमौली चैत ०५

जिल्लाको दमौली बजार क्षेत्रको चोक र गल्लीका पोलमा अव्यवस्थित तारिकाले तार टागिएका तारका कारण बजार क्षेत्रमा जोखिमसंगै बजारको स्वरूप नै कुरूप बन्दै गएको छ । बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीको तारको चाङ छ । एकैठाउँमा टागिदा सबै खालका तार बटारिएका छन् । कैयौं बिजुलीका पोल पुराना भइसकेकाले तारको भार थाम्न नसकेर ढल्ने अवस्थामा पुगेका छन् । यसरी सुरक्षाको हिसाबले संबेदनसिल बने पनि सरोकारवालाहरूले चासो नदिदा जोखिम बढ्दैछ गएको हो । तारहरू यत्रतत्र लतत्रिएका छन् । ती गुजुल्टिएका तारका कारण कुनै बेला दुर्घटना निम्तिन सक्ने खतरा रहेको स्थानीय युवा व्यवसायी कविराज श्रेष्ठले बताए ।

पोलमा गुजुल्टिएका तारका कारण जोखिमसंगै दमौली बजारको सुन्दरतामा समेत आँच आएको छ । बजार क्षेत्रको मुख्य चोकका पोलमा जोखिमपूर्ण अवस्थामा बिजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन् । तर व्यवस्थापनमा ध्यान नपु¥याउदा सम्भाभित दुर्घटनाको जोखिम मोल्नुपर्ने निश्चित छ । खासगरी भुकम्प, आगलागि, हावाहुरी जस्ता प्राकृति विपतमा झनै जोखिम हुने गरेको स्थानीयको भनाइ छ । गर्मियाम बढ्दै गएको छ । हावाहुरी चल्दा पनि मस्तै डर हुन्छ । पोलमा तारहरू यसरी बटारिएका छन् कि बिजुली सट हुनेवित्तिकै सबै सखाप हुने स्थिति छ, स्थानीय व्यवसायी सरोज भण्डारीले बताए ।

विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल हुने गरेको छ । टेलिफोनमा समस्या आउदा पनि प्राविधिकलाई पनि काम गर्न समस्या हुने गरेका भण्डारीले बताए । साधुरिएको बजार क्षेत्रका सडकमा टागिएको होचा तारहरू ठुला मालबाहक सवारीसाधनले चुडाउने, विगार्ने हुदा लाइन सटको जोखिम उतिकै बढेको छ । साधुरो सडक । सवारीसाधन कुदाउदा धेरै तारहरू चुडिने गरेको छ । नत बिजुली अफिसले हेर्छ, नत टेलिकमले नत, इन्टरनेटको कम्पनीले, कतिबेला कस्को धनजनको क्षति हुने हो । टुङ्गो छैन,भण्डारीले भने ।

यता नेपाल विद्युत् प्राधिकरण लमहीका प्राविधिक प्रमुख ई कपिल पाण्डेले बिजुलीको पोलमा बाहिरी तारहरुले गर्दा जोखिम बढेको बताउन्छन् । उनले भने,‘ बिजुलीको तार बाहेक बाहिरी तारले गर्दा जोखीम बढेको छ । तार व्यवस्थापन गर्न सबैको समन्वयको आवश्यकता रहेको छ । ’ व्यास नगरपालिका भने दमौली बजारलाई स्र्माट सिट बनाउन लागि रहेको छ । तर अव्यवस्थित तारले दमौली बजारलाई कुरुप बनाएको छ ।

नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले अव्यवस्थित तारहरुलाई अन्डगाउन्ड गर्न लागिएको बताउन्छन् । उनले भने,‘कोभिड भन्दा अगाडी नै हामीले तार व्यवस्थापनको लागि थालेका थियौ । कोभिडले गर्दा रोकिएको हो । ’ उनले अघि भने,‘अब छिटै नै अव्यवस्थित तारको व्यवस्थापन हुन्छ । ’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button