एकै दिन ३५ जना संक्रमीत थपिए

तनहँुमा सोमबार एकै दिन ३५ जना कोरोना संक्रमीत थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा व्यास नगरपालिकाका व्यक्तिमा संक्रमण भेटिएको छ । व्यास १९, शुक्लागण्डकीमा ७ जना, भिमादमा दुई जना, आँबुखैरेनीमा ५ जना, म्याग्दे र भानुमा एक÷एक जना संक्रमीत फेला परेका छन् । यी संक्रमीत सबै कन्ट्याक टेसिङको आधारमा फेला परेका जनाईएको छ । व्यास नगरपालिकाका शिक्षक, कर्मचारी तथा होटल व्यवसायीमासमेत कोरोना संक्रमण भेटिएको छ । संक्रमितमा गैरसरकारी संस्थाका कर्मचारी तथा सहकारी कर्मचारी पनि छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button