माघे सङान्तिमा देवघाटमा भक्तजनको घुइँचो,भ्रमण वर्षलाई समेत टेवा पुगेको विश्वास

माघ २
दमौली खबर संवाददाता

पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्तिको दिनमा लाखौं तिर्थालु भक्तजनले दर्शन गरेका छन् । हरेक वर्ष माघ १ गते देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलामा देशका विभिन्न भागबाट ठूलो संख्यामा भक्तजनहरु दर्शनका लागि आएका थिए । यस वर्षको माघी पर्वमा अन्दाजी चार लाख भन्दा बढी भक्तजनहरुले देवघाट दर्शन गरेको देवघाट विकासको व्यवस्थापक महेन्द्र प्याकुरेलले जानकारी दिए ।उनले भनेर्, गत वर्ष भन्दा यस वर्ष धेरै भक्तजन आएका थिए । ‘ उनको अनुसार साँझ देखिनै भक्तजनहरुको भिड रहेको उनले बताए ।

भक्तजनहरुको सुरक्षालाई मध्येनजर गदै पार्टीपौवामा लगायत अन्य सामाजिक ठाँउमा राखिएको उनले बताए । उनले भनेर्, टाढा बाट आउने भक्तजनहरु बिहान दुई बजे देखि आएका थिए । नजिकका भक्तजनहरु भने विहान आठ,नौ बजे आएको उनले बताए । स्थानिय सुरक्षाकमीर्, जिल्ला प्रहरी कार्यालय तनहँु र सशस्त्र प्रहरीको समन्वयमा सुरक्षाको व्यवस्था राम्रो भएको उनले बताए । त्यस्तै भक्तजनहरुको सुरक्षा लगायत अन्य कार्यको लागि सात जना समुहको अनुगमन समिति गठन पनि गरिएको उनले जानकारी दिए । मङ्गलबार बिहान बेनीमा बाँसको लिङ््गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो सङ्ख्यामा भक्तजन देवघाटमा रातभर जागराम बसेका थिए । बिहान स्नान गरेर फर्कने र स्नान गर्न आउनेको भिड लागेको थियो । उनको अनुसार देशभर र भारतीय विभिन्न क्षेत्रबाट भक्तजन आएका थिए । मेलालाई व्यवस्थित गरिएकाले तिर्थालु भक्तजनले सहज रुपमा स्नान र पूजापाठ गर्न पाएको अध्यक्ष पौडेलले बताए ।

देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको थियो भने फर्कदा ती सवारीले आँपटारीको बाटो मिलाईएको थियो । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले सो पुल प्रयोग गरेर आउने देवघाटसम्म नै सवारीसाधनमा आई पुगेका थिए । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको जानकारी दिए । यस्तै डुङ्गासहितको उद्धारका लागि नेपाली सेना समेत जुटेको अवस्था थियो । नुहाउँदा कुनैपनि दुर्घटना नहोस् भनेर नदी किनार छेउमा डोरी टाँगिएको थियो । डुंगा र ¥याफ्टिङ सयरमा असक्त, अपाङ्ग, वृद्धवृद्धाहरुलाई निःशुल्क गरिएको थियो । देवघाट दर्शनका लागि काठमाण्डौं, धादिङ, पोखरा लगायतका क्षेत्रबाट आएका थिए । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले मेला भब्य बनेको बताए । गत बर्षभन्दा पनि यसपटक भक्तजनहरुको संख्या समेत बढेको उनको भनाइ छ । देवघाट मन्दिर, आपसासको क्षेत्रमा तीन गते सरसफाई गर्ने जनाईएको छ र्। े विद्यालयका विद्यार्थी, समाज सेवी, स्थानिय , क्लब सामाजिक संघ संस्थालाई सरसफाईको लागि आवह्न गरिएको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button