दुई मजदुरी परिवारलाई सहयोग

दमौली खबर संवाददाता

तनहुँ १५  चैत्र

तनहुँको व्यास युवा क्लब सञ्जाल दमौलीको संयोजन तथा सामाजिक युवा अभियान्ताको सक्रियतामा शनिबार यहाँका दुई परिवारमा खाद्यन्न र ग्याँस सहयोग गरिएको छ । नेपाल सरकारले कोभिड–१९ लाई मध्यनगर गर्दै गत मंगलबार देखि लकडाउन गरेपछि मजदुरीको भरमा बिहान बेलुकाको छाँक टार्न धौ धौ भएका व्यासनगरपालिका– १० निवासी दुई बच्चाकी एकल महिला प्रमिला बुढा मगरलाई एक थान ग्याँस प्रदान गरिएको हो । त्यसैगरी व्यासनगरपालिका–४ बागभन्ज्याङ निबासी दुई बच्चाकी आमा मिना परियारलाई एक बोरा चामल सहयोग गरिएको हो । सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले एक बोरा चामाल र ओरेन्ज होम संञ्चालक सोम थापा मगरले उपलब्ध गराएको एक थान ग्याँस दुई परिवारलाई सहयोग गरिएको व्यास युवा क्लब सन्जालका अध्यक्ष गौरब पन्थले बताउनुभयो ।

दुई परिवारलाई ओरेन्ज होमका संञ्चालक सोम थापा मगर र सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । आपतकालीन अबस्थामा सबै काम ठप्प हुँदा ज्याला मजदुरी गरी खाने परिवारको चुल्होमा आगो नबल्ने देखेपछि सानै भएपनि राहात पुग्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष पन्थले जानकारी दिनुभयो । गाउँ समाजमा रहेका जो ज्याला मजदुरीको भरमा बिहान बेलुकाको हात मुख जोर्न बाध्य हुने यस्ता बिपन्न परिवारलाई खोजी खोजी सहयोग गर्र्नु सच्चा मानवताको धर्म भएकोले थोरै भएपनि सहयोग गरी अरुलाई पनि प्रेरणा जागोस भन्ने उद्देश्यले सहयोग गरिएको सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button