यसरी मनाउने कि ‘भ्यालेन्टाइन डे’

दीपकराज जोशी /Deepak Raj joshi

भ्यालेन्टाइन डे केही वर्षअघि हाम्रो देशमा धेरथोर मानिसलाई मात्र थाहा थियो । हाम्रो समाजमा एउटा यस्तो वर्ग छ त्यस वर्गले भ्यालेन्टाइन डे पर्खेर बसेको हुन्छ । उपभोक्तावाद र बजारवाद युगमा प्रेम र यसको अभिव्यक्ति बजारवादको शिकार भएको छ। हाम्रो समाजमा साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्रि र अरू थुप्रै चाड पर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो लाग्न थालेको छ ।

बजारमा कन्डम किन्दा, चुम्बन गर्दा लाज मान्ने हाम्रो समाज कुनै बेला कामसूत्रको भूमि भनेर चिनिन्थ्यो। मन्दिरका टुँडालहरूमा, प्रवेशद्वारमाथि सबैले देख्नेगरी बनाइएका यौन आकृतिहरूले नै प्रस्ट पार्छ हाम्रो समाज प्रेम र यौनमा कति अगाडि रहेछ भनेर। 

कामदेव सौन्दर्यका प्रतीक हुन् भने रति आनन्द, प्रसन्नताकी प्रतीक हुन् । उनलाई कामुकताका लागि चिनिनुका साथै प्रेम र आकर्षणकी देवी भनेर मान्ने गरिन्छ । संस्कृत शब्द काम-देवको अर्थ ‘दिव्य प्रेम’ वा ‘प्रेमका देवता’ हो।

देव शब्दको अर्थ ईश्वरीय वा स्वर्गीय हो; काम शब्दको शाब्दिक अर्थ इच्छा, अभिलाषा वा चाहना हो, विशेष गरी शारीरिक प्रेम वा यौन सम्बन्धमा।

विष्णु पुराण र भागवत् पुराणमा (5.16.15) विष्णुको अर्को नाम कामदेव हो। यो शब्द कहिलेकाहीँ शिवको नामका रूपमा प्रयोग भएको छ। कामदेव संस्कृत पाठ ‘प्रयाशित पदयात्रा’का लेखक पनि हुन्। अर्कातिर, कृष्णको अर्को नाम कामदेव हो; कहिलेकाहीँ यो शब्द कृष्णको शीर्षकको रूपमा पनि प्रयोग भएको छ। आगाको अर्को नाम काम हो। यो नाम ऋग्वेद ( ऋग्वेद 9, 113.11) मा पनि प्रयोग भएको छ।

कामदेवलाई एक सुन्दर युवाको रूपमा कल्पना गरिएको छ। उनका हातमा धनु छ। उनको धनु उखुबाट बनेको छ र त्यस धनुको गुणस्तर माहुरीले बनेको छ। उनका वाण पाँच प्रकारका सुवासित फूलले बनेका छन् । यी पाँच प्रकारका फूलहरू हुन्: अशोक, सेतो र निलो कमल, मल्लिका र अम्रामञ्जरी। 

हाम्रो धार्मिक साहित्यको संहिता शैलीमा रचना गरिएका केही यस्ता रचनाहरू छन् जहाँ रति र कामदेवका संवादमा अहिलेको आधुनिक समाजका प्रेमीप्रेमिका बीच हुने आत्मीय कुराकानीको प्रस्ट आभाष हुन्छ।

Click here to read More

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button