रोट¥याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा सम्पन्न

दमौली खबर संवाददाता

दमौली, चैत १३ गते

रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोट¥याक्ट क्लब अफ दमौलीसहित अन्य रोट¥याक्ट क्लबको होस्ट र को–होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको छ । रोट¥याक्ट क्लब अफ दमौलीसहित रोट¥याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसेपाटिले होस्ट गरेको उक्त कार्यक्रमकोरोट¥याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को–होस्ट गरेको रोट¥याक्ट क्लब अफदमौलीका अध्यक्ष विशाल श्रेष्ठले बताउनुभयो । आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्न उक्त कार्यक्रम गरिएको रोट¥याक्ट क्लबअफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कांङ्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल गर्नु भएको थियो । सो अवसरमा पौडेलले सदस्य पौडेलले रोट¥याक्ट बाटो देखाउनेहोइन बाटो बनाएर हिँड्न सिकाउने संस्था भएको बताउनुभयो ।

रोट¥याक्ट एउटा युवापिढीलाई कसरी नेतृत्व गर्ने र गराउन सक्ने सामाजिक संस्था भएकाले अझै बढी युवापुस्ता क्लवतर्फ आकर्षितगर्नुपर्ने उहाँले बताउनुभयो ।

सो दोस्रो पिएस मिट र पेट्स सेट्समा रोट¥याक्ट क्लबका वर्तमान अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्यसदस्यहरु लाई प्रशिक्षण दिइएको थियो । आगामी वर्षका अध्यक्षलाई डिष्ट्रिक रोट¥याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल, पुर्व डिष्ट्रिक रोट¥याक्ट रिप्रेन्टेटिभ सुशिल कुमार कार्की र आगामी वर्षका डिष्ट्रिक रोट¥याक्ट रिप्रेन्टेटिभ रोशन कार्कीले प्रशिक्षण दिनु भएको थियो । यस्तै आगामी वर्षका सचिवलाई रोटा वर्ष २०१७–१८ का डिष्ट्रिक सचिव प्रदिप धिताल, डिष्ट्रिक रोट¥याक्ट रिप्रेन्टेटिभ नोमिनि क्षत्री रडिष्ट्रिक टेक्निकल अफिसर सुशन धितालले प्रशिक्षण दिनु भएको थियो । त्यस्तैगरी जोनल रोट¥याक्ट रिप्रेन्टेटिभहरुलाई डिष्ट्रिक रोट¥याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल र डिष्ट्रिक सचिव दिनेश गैह्रेले प्रशिक्षणदिनु भएको क्बलले जनाएको छ ।

सो कार्यक्रममा होस्ट क्लब रोट¥याक्ट दमौलीले विभिन्न मौलिक तथा साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा नेवाः समुदायको लाखे नाच छङ्गेली नेवाः खलबाट, नेवा तजिलजि पुचः बाट कुमारी नाच र मगर समुदायको कौरा नृत्य भिक्टोरिया डान्सएण्ड एक्टिङ स्कुलबाट प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा देशभरका करिब १८० रोट¥याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरुआएको कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए । उनका अनुसार देशभरबाट करिव सात सय सहभागी रहेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button