डेढ घण्टाको बाटो आधा घण्टामा छोटिएपछि स्थानीय खुसी

दमौली खबर संवाददाता

दमौली, वैशाख ६

भानु नगरपालिकामा पर्ने भानुमार्ग र व्यास नगरपालिकामा पर्ने पृथ्वीराजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ । पृथ्वीराजमार्ग पर्ने व्यास नगरपालिका १२ घाँसीकुवादेखि भानु मार्गमा पर्ने भानु नगरपालिका– ७ चन्द्रावती जोड्ने यस मार्गमा मोटर गुड्न थालेपछि डेढ घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको हो ।

व्यास नगरपालिका–११ मुलपानी निवासी मोटर मार्गका अध्यक्ष विवेक भट्टराईले एक घण्टा भन्दा बढीको समय छोटिएको बताउनुभयो । भानु नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, १२ नम्वर वडाका नागरिकलाई आवज जावतमा सहज भएको छ पृथ्वीराजमार्ग विस्तारको कार्य भईरहेकोले डुम्रेबाट दमौलीसम्मको १८ किलो मिटर धुलाम्मे सडक र जाममा परेर यात्रा पार गर्नुपर्ने बाध्यता हटेको मोटर मार्गका पूर्व अध्यक्ष हरिबहादुर खड्काले बताउनभयो । समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको उहाँले बताउनुभयो ।

यस मोटरमार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङलाई स्थानीयले अविरजात्रा सहित भव्य स्वागत गरेका छन् । यहाँबाट सवारीसाधन सञ्चालनन हुँदा दमौली आउन घण्टौं पैदल हिड्नुपर्ने अवस्थाको अन्त्य भएको भानु नगरपालिका ६ स्थित वागेश्वरी आमा समुहकी अध्यक्ष विन्दु वाग्लेले बताउनुभयो । मोटरमार्ग चलेपछि विरामीहुँदा अस्पताल जान, खाद्यान्न ढुवानी तथा आवत जावतको लागि सहज भएको छ’ वाग्लेले भन्नुभयो ‘अब नियमित बस चल्ने भएपछि खुशियालीमा अविरजात्रा सहित स्वागत गरेका हौं’’ । चन्द्रावतीदेखि पड्केपसल, टुहुरे पसल, बरभञ्ज्याङ, मान्द्रे, ठुलोचौर र मुलपानीका सयौं स्थानीय बाटोमा भेला भई बसलाई अविरजात्रा सहित स्वागत गरेका थिए । यस मोटरमार्गमा पहिलो पटक बस सञ्चालन गरिए पछि स्थानीयले आफूहरुलाई अविरजात्रा सहित स्वागत गर्दा हौसला मिलेको बसका चालक किशोर गुरुङले बताउनुभयो ।

करिव ३० बर्ष अघि खन्न सुरु गरेको उक्तमार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठुलो राहतपुगेको उक्त मोटरमार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताउनुभयो । घाँसीकुवादेखि भानु नगरपालिका ६ पड्केपसलसम्म १४ किलोमिटर सम्मबागेश्वरी मोटरमार्ग पर्दछ । तर थप ९ किलोमिटर पक्कि सडक खण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिले जनाएको छ । उक्तमार्गमा बस सञ्चालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौलीजानुपर्ने अवस्थाथियो । चन्द्रावतीदेखि डुम्रे हुँदै दमौलीपुग्न ३४ किलोमिटर तय गर्नु पर्नेमा यस मार्गबाट २३ किलोमिटरमै दमौली पुगिन्छ । पृथ्वी राजमार्ग वस सञ्चालक समितिसँग समन्वय गरी बस सञ्चालन गरिएको मोटरमार्गका अध्यक्ष भट्टराईले बताउनुभयो । सो मार्गका लागि नेकपा एसका नेता तथा सांसद कृष्णकुमार श्रेष्ठ साढे चार करोड पार्नु भएको उहाँका स्वकिय सचिव जगत खड्काले जानकारी दिनुभयो । यस मार्गमा दैनिक वस विहान चन्द्रावतीबाट छुट्ने र मध्यान्ह ४ बजेतिर दमौलीबाट फर्किने व्यवस्था गरिएको समितिले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button