१३ संक्रमित थपिए

दमौली खबर
साउन २६, दमौली । सोमबार तनहुँमा कोरोना सङ्क्रमणबाट एक संक्रमितको मुत्यु भएको छ । मृत्यु हुनेमा व्यास–१ निवासी ४९ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा तनहुँमा १३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ६४ जनाको परीक्षण गर्दा ८ महिला र ५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै तनहुँमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button