तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीको पनि दाबी

दमौली खबर संवाददाता

दमौली, चैत ७

वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने तनहुँ–१ को उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको तर्फबाट टिकटको दाबी गरेको छ । जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा बसेको बैठकले दाबी गर्ने निर्णय गरेको हो ।

पार्टीका पोलिटव्यूरो सदस्य एवं गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ,उपाध्यक्ष विद्या ढकाल,केन्द्रिय सदस्य एवं पूर्व साँसद कलिला खान,सहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ किसान निर्वाचित रहेपनि र तत्कालिन नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मानपूर्वक उक्त क्षेत्र छाडेकोले उपनिर्वाचनमा समाजवादीले दाबी गरेको हो । तनहुँ १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा बनेपछि जिल्लामा नेताहरु टिकटको लागि दौडधुप गरिहेका छन् । यो क्षेत्रमा गठबन्धनले कांग्रेसको भागमा पारेको थियो । कांग्रेसको भागमा परेपछि किसानलाई बाराबाट टिकट दिईएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button