आदिकविमा नेविसङ्घका गौरव पन्थ सर्वसम्मत सभापतिमा चयन

दमौली खबर संवाददाता

तनहुँ, चैत ७ गते

व्यास नगरपालिका–१ भागाउँ, दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियू सभापतिमा नेपाल विद्यार्थी सङ्घका गौरव पन्थ सर्वसम्मत चयन हुनु भएको छ ।

सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई, र खुला सदस्यहरुमा गणेश पोख्रेल, निलिमा थापा, अर्चनाकुमारी साह, सुस्मिता श्रेष्ठ, प्रमिशा शाही, प्रविन आले, राहुन नेपाली र शिव विश्वकर्मा चयन हुनु भएको छ ।

समानुपातिक सदस्यमा सुमन खड्का, सागर पाण्डे, दिनेश विश्वकर्मा, सुनिल रानाभाट, कोपिला विक, सविन लामिछाने, अशोक रुचाल र निकिता बसेल नेपाली चयन हुनु भएको छ । आदिकविमा स्थापना काल देखि नै नेविसङ्घको उम्मेदवार नै सभापति सहित सबै प्यानलमा निर्वाचित हुँदै आएको छ । नेविसङ्घको अध्यक्ष र सचिव सहित लगायत सबैको प्रतिनिधित्व हुने गरी सर्वसम्मत चयन गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button