एमाले तनहुँद्धारा उम्मेद्वार सिफारिस

नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि र चार प्रदेशसभा क्षेत्रका लागि सोमबार उम्मेदवार सिफारिस गरेको हो । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि एमालेको केन्द्रीय सल्लाहकार एकबहादुर राना सर्वसम्मत सिफारिस हुनुभएको एमाले तनहुँले जनाएको छ । क्षेत्र नम्बर १ प्रदेश (क) का लागि कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कलाकुमारी ढकाल सिफारिस हुनुभएको छ । प्रदेश (ख) का लागि इन्द्रबहादुर कुंवर, अम्मर भण्डारी, विन्दु बस्नेत, काशीराम भट्टराई, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठ सिफारिस हुनुभएको छ ।
 तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङ, वर्तमान प्रतिनिधिसभा सदस्य केदार सिग्देल र विष्णु पराजुली अधिकारी सिफारिस हुनुभएको छ । क्षेत्र नम्बर २ प्रदेश (क) का लागि कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गाप्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिवबहादुर महत, शेषमणि आचार्य, अर्जुनप्रसाद नागिला र राधादेवी महत क्षेत्री सिफारिस हुनुभएको छ । प्रदेश (ख) का लागि विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, मेखबहादुर थापा, दिलबहादुर थापा, नारायण खनाल, रनबहादुर राना, इन्द्र थापा र डिना गोतामे सिफारिस हुनुभएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button