गणेशमानचोकमा रहेका व्यापारिक भवन भत्काएर पार्क बनाउन माग

दमौली खबर संवाददाता
 भदौ २१ गते । व्यास नगरपालिका–२ गणेशमान चोकमा स्थित जिल्ला समन्वय समितिको नाममा रहेको जमिनमा बनाईएका व्यापारिक भवन भत्काएर पार्क बनाउनु पर्ने माग राखिएको छ ।
 सो स्थान खाली बनाउने पर्ने र अतिक्रमणमा परेका अन्य ठाउँका संरचनाहरु भत्काउनु पर्ने माग राखिएको अभियान सञ्चालन गरिरहनु भएका वडा नम्बर २ वडा सदस्य सुरेश वाग्लेको नेतृत्वमा स्थानीयले सो माग राखेका हुन् ।  सो वडाको २ को १७ वटैै टोल विकास सस्थाको कार्य समितिको सयुक्त भेलाले सो स्थानमा व्यापारिक प्रयोजन भईरहेको दमौली ट्रेड सेन्टरका संरचना भत्काएर बाल बगैचा (चिल्ड्रेन पार्क) बनाउनु माग राख्दै जिल्ला समन्ववयन समितिमा मङ्गलबार ज्ञापनपत्र बुझाईएको छ ।
 टोलका अध्यक्ष, सचिव, एव्म विभिन्न समुह, क्लबका प्रतिनिधीहरुले सयुक्त रुपमा माग राख्दै वडाध्यक्ष काशीराम श्रेष्ठको रोहबरमा वडा सदस्य वाग्लेले समन्वय प्रमुख शान्तिरमण वाग्लेलाई ज्ञापनपत्र बुझाउनुभयो । पहिलो पटक सम्झौता अवधि पाँच वर्षको लागि भएको आवश्यकता अनुसार तीन÷तीन वर्षमा थप्न सकिने भनिएकोमा पुनः दुइपटक थप भईसकेको र सम्पूर्ण टोलबासीहरुले फेरी पनि अन्तिम पटक सम्झौता गर्ने वातावरण नहोस् ज्ञापनपत्र बुझाईएको वडा सदस्य वाग्लेले जानकारी दिनुभयो । विनासकारी महाप्रकोप, आपत विपत र प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सो स्थान खाली गरि बाल बगैचा निर्माण गर्न ज्ञापनपत्रमा माग राखिएको छ । सो क्षेत्रमा करीव ४ रोपनी जग्गा रहेको छ र त्यस ठाउँमा बुधबारे हाट बजार रुपमा धेरै पहिला देखि नै व्यापरिक कारोबार हुने गर्दथ्थो । २०६९ साल असार ३१ गते तत्कालिन जिल्ला विकास समिति र व्यास नगरपालिका वडा नम्बर ४ का दिपेश बस्नेत बीच भएको व्यापारिक सम्झौता गरी खुला स्थानमा व्यापारिक भवन बनाईएको थियो । ‘खुला कतै छैन, जताततै भौतिक संरचना छन् भुईचालो, लगायत अन्य प्राकृतिक प्रकोप गयो भने बस्ने ठाउँ छैन त्यही भएर भत्काउनु पर्ने माग राखिएको हो’ वाग्लेले भन्नुभयो ।
अभियानलाई साथ दिन आन्दोलनमा उत्रिन स्थानीयको साथ र सहयोग मिलेको वाग्ले बताउनुहुन्छ । भोलीका दिनमा विनासकारी महा प्रकोप हुन सक्ने र जिउ धनको सुरक्षार्थ वडाबासीको मागलाई सम्बोधन गर्दै सो जग्गा खाली  गर्ने प्रक्रियालाई  तत्काल अगाडी बढाउनु पर्ने नत्र आन्दोलन उत्रिने बाध्य हुने वाग्लेको भनाई छ । सो ट्रेड सेन्टरको सम्झौता २०८० असार मसन्तामा स्वत सम्झौता सकिय पश्चात जिल्ला समन्वयको मातहतमा हुने र पुन सम्झौता पनि नगर्ने जिल्ला समन्वय समितिका प्रमुख प्रमुख  शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । ‘साविक जिल्ला विकास समिति हुँदा नै सम्झौता भएको र अबधि सकिए पछि स्थानीयवासिन्दासँग छलफलबाट स्थानीयको हितमा प्रयोग गछौं’ समन्वय प्रमुख वाग्लेले भन्नुभयो ।
सोही वडामा रहेको डाङ्ग्रे खोल्सीको सार्वजानिक जग्गामा अतिक्रमणमा परेपछि केही समय अघि डोजर लगाएर भत्काईएको थियो । सो स्थानको सुरक्षाको लागि पर्खाल, बार लगायत बनाउने लागि  बजेट छुट्टाईएको वडा सदस्य वाग्लेले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button