स्थानीय उत्पादन प्रवद्धन गर्दै आँबुखैरेनी गाउँपालिका

दमौली खबर संवाददाता
तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय उत्पादन प्रवद्धन गर्न थालेको छ । आ गाउँपालिकाले उत्पादित सामग्री खरीद गर्ने मात्रै नभई पुरस्कार समेत प्रदान गर्ने समेत कार्यक्रम ल्याएको छ । पालिकाले  स्थानीय उत्पादन प्रवद्धन अन्तर्गत फोहोर व्यवस्थापनको लागि बाँसबाट निर्मित कभर सहित डस्बिनको  आगामी असोज २ गते प्रर्दशन कार्यक्रम राखेको छ ।
उत्कृष्ट हुने व्यक्तिलाई नगद  रु.२० हजार बाट पुरस्कृत गरिने र उत्कृष्ट भएको डस्विन निर्माण गर्ने व्यक्तिसँग सम्झौता गरी खरीद गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । सो सामग्री पालिका तथा सम्पूर्ण वडाहरूमा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।  ‘स्थानीय श्रोत साधन तथा सिपलाई उद्यममा परिणत गर्ने हाम्रो अभियान’ अन्तर्गत प्रर्दशन गर्ने, पुरस्कृत गर्ने र खरीद गर्ने कार्यक्रम राखिएको हो’ गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो । प्लाष्टिकको डस्बिन वातावरण मैत्री नहुने र बाँसको डस्बिन प्रयोग गर्दा स्थानीय उत्पादन पनि खपतको लागि मद्धत पुग्ने हुँदा कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ । विशेष गरी आँबुखैरेनीमा भुजेल समुदायले बाँस डोको,डालो, नाङ्लो, भकारी लगायतको सामग्री बनाएर विक्री गर्ने गर्दछन् । यस्ता कार्यक्रम ति समुदायको परम्परागत पेशालाई संरक्षण तथा सम्बद्धन गर्न टेवा पुग्ने देखिन्छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button