अभिनेता शाहलाई १५ दिन भित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

दमौली खबर संवाददाता

दमौली, माघ २३

नायक पल शाहको मुद्दामा उच्च अदालत पोखराले शाहलाईे छ ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको सयुक्त इजलासले आदेश दिएको हो । नवलपुरले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरे पछि नायक शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि न्यायधिसद्धय आचार्य र भण्डारीको बेञ्चमा बहस पैरवी भएको र १५ दिन भित्र उपस्थित गराउन उच्च पोखराले आदेश दिएको नायक शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो । शाहलाई उपस्थित हुन आदेश दिएसगै पेशी चढ्ने अधिवक्ता वाग्लेले बताउनुभयो ।

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेरेकाले यो मुद्धालाई चासोका साथ हेरिएको छ ।

नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले माघ ३ गते सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र १० लाख रुपियाँ जरिवाना तोकेको छ । नायक शाह एक नाबालिका गायिका माथि बलात्कारको आरोपमा जिल्ला कारागार तनहुँमा रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button