सरकारलाई काम गर्न सहज बनाउन राष्ट्रपति कांग्रेसलाई दिनु पर्ने शंकर भण्डारीको भनाई ।

दमौली खबर संवाददाता

तनहुँ, माघ १७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले कांग्रेसलाई राष्ट्रपति दिँदा प्रधानमन्त्रीलाई सरकार चलाउन सहज हुने बताउनु भएको छ ।

नेपाली कांग्रेस तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको ‘वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषेषक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले शक्ति सन्तुलन हुने भएकोले सहज हुने बताउनुभयो । कांग्रेसले राष्ट्रपति लिँदा राष्ट्रिय सहमती हुनेहुँदा विकासका कामहरु गतिशिल हुने पूर्वमन्त्री समेत हुनु भएको भण्डारीको भनाई थियो । विभिन्न अध्यादेशहरु समयमा नै पास गर्न कांग्रेसलाई राष्ट्रपति दिँदा प्रधानमन्त्रीलाई सजिलो हुने भण्डारीले बताउनुभयो ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरिएकोले राष्ट्रपति कांग्रेसलाई दिन माओवादी केन्द्रले सहयोग गर्नु पर्ने भण्डारीको भनाई थियो । ‘आफ्सी सहयोग हुँदा समग्र सरकार बलियो हुँदा कांग्रेसलाई राष्ट्रपति दिँदा सहकार्य, सहमती र एकता हुन्छ’ नेता भण्डारीले भन्नुभयो । पार्टी विधान, मर्यादा नीति सिद्धान्त र जिम्मेवारीलाई प्रभाव नगरी जथाभावी ढङ्गले प्रस्तुत हुनु नहुने भण्डारीको भनाई थियो । कार्यक्रमको सहजीकरण जिल्ला सचिव सहदेव अधिकारीले गर्नु भएको थियो ।

मर्यादा र सस्कार भएन भने पार्टी कमजोर हुने हुँदा अनुशासित र संयमित हुनुपर्ने भण्डारीको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, पूर्वसभापतिहरु वैकुण्ठ न्यौपाने, कांग्रेसका नेताहरु रामचन्द्र पोख्रेल, अशोककुमार श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का सभापति चुडामणी खनाल, नेपाल महिला संघ तनहुँको सभापति पवित्रा पौडेल, लगायतका नेताहरुले व्याक्तिगत भन्दा पनि पार्टीको स्वार्थलाई ध्यानमा राखेर हिड्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । अन्तरक्रियामा वक्ताहरुले पार्टीले कार्यकर्तालाई संरक्षण गर्न नसकेकोले पाटी कमजोर भएको साथै जनताहरुमा पुरानो पार्टी प्रति निराशा जागेकोले पार्टी सुध्रिनु पर्नेमा जोड दिनु भएको थियो । शहीद दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सो अवसरमा नेपाली कांग्रेस तनहुँद्धारा प्रकाशित त्रैमासिक बुलेटिन सार्वजानिक गरिएको छ । बुलेटिनको प्रधान सम्पादकमा प्रवक्ता हरिप्रसाद वाग्ले, कार्यकारी सम्पादकमा हुतमणी अधिकारी हुनुहुन्छ । सम्पादन मण्डलमा अमरराज नहर्की, ओमकार आचार्य, र मिला दरै हुनुहुन्छ । बुलेटिनमा कांग्रेसका गतिविधीहरु, निर्णय तथा नेताहरुको सम्पर्क नम्बरहरु समावेश गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button