पौडेलद्वारा खनाल परिवारलाई सान्त्वना

दमौली खबर संवाददाता

दमौली÷१७, माघ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका कन्टार स्थित किरियामा बसेका खनाल परिवारलाई भेटेर सान्त्वना दिनु भएको छ । सोही ठाउँ निवासी ९९ वर्षीय चिजमाया खनालको निधन भएपछि किरियामा बसेका खनाल परिवारलाई भेटेर पौडेलले सान्त्वना दिनु भएको हो ।

उहाँको निधन भएको छैठौ दिन पीडित परिवारलाई सान्त्वना दिन पौडेल लगायत कांग्रेसका नेताहरु कन्टार जानुभएको थियो । किरियामा बसेका उनका छोराहरु समाजसेवी श्रीभद्र खनाल, बलभद्र खनाल र बुहारी निर्मला खनाल लगायतका परिवारजनलाई पौडेलले सान्त्वना दिएका थिए । सो अवसरमा बोल्दै पौडेलले स्वर्गीय चिजमाया खनालको निधनले आफु दुखित भएको बताउनुभयो । गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ, प्रदेशकी पूर्व सदस्य सरिता गुरुङ, प्रदेशका पूर्व मन्त्री डोबाटे वि.क. लगायतका कांग्रेसका नेता एवं कार्यकर्ताहरु खनाल परिवारलाई सान्त्वना दिनु भएको थियो ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button