कोरोनाले धेरै पाठ सिकाएको छ

कोरोनाको दोस्रो लहरको जोखिम देखिन थालेको छ । कस्तो छ तयारी ?

हामी तयारी अवस्थामा नै छौं । पहिलाको कोरोनाले हामीलाई धेरै पाठ सिकाएको छ । पहिला कोभिडको बेला विदेशबाट आएका व्यक्तिहरुलाई कहाँ राख्ने, कस्तो ठाँउमा क्वारेन्टाईन निर्माण गर्ने,कोभिड संक्रमण व्यक्तिलाई कहाँ राख्ने भन्ने किसिमका हामीलाई तुरुन्तै तयार पार्नुपर्ने अवस्था रहेको थियो । अहिले पहिलाको कोभिडले धेरै कुराको पाठ सिकाएको छ । कोभिड सँग हामीले धेरै कुरा सिकेका छौं । कोभिड सँग लड्दाँ लड्दै गर्दा कसरी व्यवस्थापन गर्ने भन्नमा जानकार भईसकेका छौं । त्यो विषयको लागि व्यास नगरपालिका सचेत र तयारी अवस्थामा छौं । हामी तत्कालको लागि विदेशबाट आउनु भएको व्यक्तिहरुलाई आफनो घरमा बस्नको लागि क्वारेन्टाईन नभएको खण्डमा अहिले क्षेत्री समाजको भवनमा ५० देखि ६० जना सम्म बस्ने क्षमताको क्वारेन्टाईन व्यवस्थापन पनि गरेका छौं ।

गत वर्ष जस्तै यस वर्ष नी विद्यालयमा मात्रै क्वारेन्टीन र आईशोलेसन बनाउने हो ?

होईन अहिले विद्यालयमा अहिले पठनपाठन जारी रहेको हुनाले तत्काललाई क्षेत्री समाज भवनलाई तयारी अवस्थामा राखेका छौं । पछि राज्यले लकडाउन गर्यो, विद्यालय बन्द भयो ।विदेशबाट आउने मानिसको संख्या बढ्ेको खण्डमा मात्र विद्यालयमा क्वारेन्टाईन निर्माण गरिन्छ । अहिलेलाई क्षेत्री समाज भवनमा सुविधा सम्पन्न सहित तयारी अवस्थामा छ । वाईफाई, ओढ्ने ओछाउने, खानेभाडा लागयत आवश्यकता पर्यो भने क्षेत्री समाज भवनमा राखिने छ ।

स्वास्थ्य मन्त्रालयले कास्की र चितवनलाई कोरोनाको जोखिम भनेर तोकि रहेको अवस्थामा दमौलीमा कोरोनाको जोखिम कस्तो छ ?

दमौली बजार अतिकति सानो क्षेत्रफल तर जिल्लाको व्यापारी केन्द्र रहेको हुनाले जोखम त छ । लमजुङका पश्चिमी भेगबाट आउने व्यक्तिहरु, ऋषिङबाट, म्याग्दे, बन्दिपूरबाट व्यक्तिहरु आउने र दमौलीमा धेरै व्यक्तिहरुको दिनमा जमघट हुने एउटा व्यापारी नाका भएका हुनाले जोखिम त छ । दमौलीमा पनि अन्य पालिकाको तुलना दमौलीमा कोरोनाको जोखिम नै छ ।

कोरोनाको महामारीमा व्यासले ेजिल्लाको अभिभावकत्व ग्रहण गरेको थियो । अहिले के गर्छ ?

अब हामीले सुरुमा गत यहि बेलामा विदेशबाट धेरै व्यक्तिहरु आउनु भयो। त्यो बेला मदर्शामा क्वारेन्टाईनमा राखेम् । त्यहाँ पनि भरिए पछि निर्मल, सत्यवति, बालमन्दिर लगायत धेरै विद्यालयमा क्वारेन्टाईन निर्माण गरि व्यक्तिहरु राखेका थियौं । त्यो बेला अन्य पालिकामा क्वारेन्टाईन निर्माण भएको थिएन । जसकारण अन्य पालिकाका व्यक्तिलाई पनि यहि राखेका थियौं । पछि हरेक पालिकाले आफै पालिकामा क्वारेन्टाईन निर्माण गरेपछि हामीलाई सहज भएको थियो । जिल्लाको ठूलो पालिका हुनाले विपत्को बेलामा हामी अभिभावकत्व ग्रहण गर्ने छौं । गत वर्ष हामीले नै नेतत्व गरेका थियौं । आवश्यकता परेको खण्डमा अहिले पनि हामी नेतृत्व गर्न पछाडी हट्ने छैनौं

अहिले पिसिआर परिक्षण भएको छ की नाई ?

व्यास नगरपालिकाको कार्यपालिकाको बोर्ड बैठकले प्रत्येक हप्ताको सोमबार पिसिआर परिक्षण गर्ने निर्णय भएको थियो ।आवश्यकता अनुसार जति बेला पनि परिक्षण गर्ने भन्ने निर्णय भएको छ । आईतबार साँझ ५ बजे सम्म परिक्षण गर्नको लागि नाम टिपाउन पर्ने थियो । अनि सोमबार क्षेत्री समाज भवनमा हामीले पिसिआर परिक्षण गर्ने गरेको थियौं । पछिल्लो समय चाँहि कोरोना परिक्षण गरिदिनु पर्यो भन्ने मान्छे नै छैनन् । अहिले कसैले पनि नाम टिपाएका छैन् । एक महिला जति भयो कसैको पनि परिक्षण भएको छैन। हामी के भन्छौं भने विदेशबाट आएका व्यक्ति क्वारेन्टाईनमा बस्नी । अनि केही सता पछि नगरपालिकामा सम्पर्क गरि परिक्षण गराउनु होला ।

अन्त्यमा नगरवासीलाई के भन्न चाहानु हुन्छ ?

हामीलाई अघि कोरोनामा पनि धेरै त्रासमा बसेका थियौं । सावधानी नअपनाउदाँ धेरै क्षती भोग्नु पर्यो । अब अहिले सबै सचेत हुन आवश्यक छ । भीडभाड नगर्ने । अनिर्वाय रुपमा सेनिटाईज, मास्कको प्रयोग गरि सामाजिक दुरी कायम गर्ने हो भन्ने कोरोनाबाट धेरै क्षती हुने छैन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button