अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन गर्न तालिम

नेपाल रेडक्रस सोसाइटी तनहँु शाखाले समावेशी समुदायमा अपाङ्गता भएका व्यत्तिहरुको सशक्तिकरण कार्यक्रम अन्र्तगत अपाङ्गता स्वावलम्बन समुह व्यवस्थापन सम्बन्धी तालिम दमौलीमा शुभारम्भ भएको छ । कार्यक्रमको उद्घाटन गदै नेपाल रेडक्रस सोसाइटी तनहँु जिल्ला शाखाका निर्वतमान सभापति एवं भानु नगरपालिकाका नगर प्रमुख उदयराज गौली अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले रेडक्रसले विगत देखि विभिन्न कार्यक्रम गदै आईरहेको बताए ।

उनले भने,‘समाजमा पछि परेका अपाङगता भएका व्यक्तिलाई अगाडी ल्याउने रेडक्रसले अभियान नै सुर गरेको छ । ’ उनले अघि भने,‘ अपाङगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउन रेडक्रसले आर्थीक सहयोग पनि गरेको छ । ’रिरेडका जिल्ला अध्यक्ष पदम परियारले समुदायमा रहेका अपाङ्गता भएको व्यक्तिहरुको क्षमता अभिवृद्धि गरी आयआर्जन बढाइ सपाङ्ग सरह जिवन जिउनको लागि नेपाल रेडक्रसले गरेको भूमिका अति सहनिय रहेको बताए ।

कार्यक्रममा बोल्दै उप–कोषाध्यक्ष सुकुमलाल गुरुङ्गले अपाङ्गता भएको व्यक्तिहरुलाई हरहमेशा रेडक्रले ऋषिङ्ग गा.पा. मा गरेको सहयोग सहनिय रहेको बताए । रेडक्रसका सूर्य हड्खलेले अपाङगता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि गरी उसलाई जिविकोपार्जन गर्ने कुराहरुको ज्ञान दिलाउन आवश्यक रहेको बताए । कार्यक्रममा ८ वटा वडा बाट ३/३ जनाको दरले २४ जना गाउँपालिकाको तर्फ बाट न्यायीक सदस्य १ जना रिरेड प्रतिनिधि २ जना शाखाको तर्फ बाट १ जना जिल्ला सदस्य तिन वटा उपशाखा बाट तीन जना प्रतिनिधि गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button