अन्तर विद्यालय बास्केटवल रनिङ शिल्डको छात्र र छात्र दुवैको उपाधी सत्यवतीलाई

दमौली खबर संवाददाता

दमौली, फागुन ३ गते

दमौलीमा सञ्चालित अन्तर विद्यालय बास्केटवल रनिङ शिल्डको उपाधी व्यास नगरपालिका–२ स्थित सत्यवती माविले जितेको छ ।

हैरान्स क्लवको आयोजनामा सम्पन्न अन्तर विद्यालय बास्केटवल रनिङ शिको छात्र तथा छात्रातर्फको दुवै उपाधी सत्यवती माविले हात पारेको हो । छात्रातर्फ सत्यवती माविले बाराही आवसिय माविलाई पराजीत गरेको हो । सत्यवतीले उपाधी जित्दा बाराही कलेज भने द्धितिय बनेको हो ।

त्यस्तै छात्रातर्फको खेलमा सत्यवती माविले पराशर कलेजलाई पराजित गरेको हो । सत्यवती प्रथम हुन सफल बन्यो भने पराशर कलेज दित्तिय बन्यो । छात्रातर्फ सर्वार्धिक स्कोरकर्ता भने बाराही कलेजका योञ्जन श्रेष्ठ बने भने छात्रातर्फ पराशर माविका सनुसा विक बनिन् । सोमावर सुरु भएको खेल वुधवार सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा छात्रा ६ टिम र छात्र आठ गरी चौध टीम सहभागी रहेका छन् । खेलकुदमा छात्रतर्फ निर्मल माबी, सत्यवती मावि, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्इाम्पस, कन्काई एकेडमी पराशर कलेज र बाराही कलेज सहभागी छन् । छात्रातर्फ बाराही कलेज, सत्यवती मावि, व्यास बोडिङ, निर्मल मावि, दमौली कलेज पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button