बुद्धसिंह मार्ग रुपमा स्तरोउन्तीमा ढिलाई नगरौं

शहिद बुद्धसिंह मार्ग गण्डकी प्रदेशको महत्वपुर्ण सडक हो र पृथ्वी राजमार्गको तनहुँ खण्ड विस्तारको क्रममा रहेको कारण यस मार्गलाई बैकल्पिक मार्गको रुपमा सुचारु गर्न ध्यान दिनु पर्छ । पृथ्वीराजमार्गको काम पुरा हुन कम्तिमा पनि तीन वर्ष लाग्ने हुँदा गण्डकी प्रदेशमा आउने पर्यटक तथा यात्रुको लागि आवत आवतमा समस्या पर्छ । घुमाउनेमा मोटरेवल पुल निर्माणको क्रममा रहेकाले तत्काल उक्त माग सुचारु गर्न सडक मर्मत गरेर त्रिशुली नदी माथि घुमाउनेमा बेलिब्रीज निर्माण गर्न सकिन्छ । यो मार्ग शहिद राजनीतिक इतिहाससँग जोडिएकोले ऐतिहासिक महत्व छ । पञ्चायती व्यवस्थाको विरुद्धको आन्दोलनमा होमिने क्रममा बुद्धसिंह रानाले शहादत प्राप्त गर्नु भएकोले उहाँको नाममा नामाकरण गरिएकोले शहिदप्रतिको सम्मानको लागि पनि मार्गका स्तरउन्नती गर्नु ढिलाई गर्नुहुँदैन । पञ्चायती शासनकालको समयमा बि.सं.२०१८ सालमा बुद्धसिंह रानाले भरतपुर कब्जा गर्नेक्रममा शाही सैनिकबाट मारिनु भएका शहिद बुद्धसिंहको नाममा मार्गको नामाकरण गरिएको थियो ।

दुरीको हिसावले पनि बुद्धसिंह मार्ग दमौलीबाट चितवन जाँदा २३ किलोमिटर छिटो भएकोले प्रदेश सरकारले यस मार्ग प्राथमिकता राख्नु पर्दछ । पृथ्वीराजमार्ग स्तरउन्नतीको क्रममा अबरुद्ध भएको बेला बुद्धसिंह मार्गबाट यात्रा गर्दा चितवन जानेलाई छोटो पर्नुका साथै घुमाउनेबाटो मुग्लिन पुगेर पृथ्वीराजमार्गमा जोडिन मिल्दछ । सो मार्गको हालै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले पनि मार्ग स्तरको उन्नतीको कामलाई समयमा नै पुरा गर्न निर्देशन दिनु भएको छ । आफ्नो निर्देशन कार्यान्वयन गर्न मन्त्री चुमानले विशेष ध्यान दिनु आवश्यक छ । तनहुँ जिल्लाबाट राष्ट्रिय राजनीतिमा महत्वपूर्ण हैसियत भएका नेता तथा सांसद भएकाले सबैले यो मार्गको लागि ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button