कृषि ज्ञान केन्द्र बन्यो तनहुँको उत्कृष्ट कार्यालय

दमौली खबर संवाददाता

तनहुँ, फागुन ४ गते

कृषि ज्ञान केन्द्र तनहुँ जिल्लाको उत्कृष्ट कार्यालय बन्न सफल भएको छ । गण्डकी प्रदेश सरकार मातहत तनहुँ जिल्लाका कार्यालयहरु मध्ये नमूना कार्यालय मापदण्ड बमोजिम कृषि ज्ञान केन्द्र यस बर्षको नमूना कार्यालय बनेको हो ।

मूख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकहरू तयार गरी कार्य मूल्याङ्कन मापदण्डको आधारमा प्रदेश सरकारले बेरुजु नरहेको, सिमित स्रोत र साधनबाट अधिकत्म काम, सूचना बोर्ड, नागरिक वडापत्र, सरसफाई, कर्मचारीको अनुशासन लगायत आधारलाई समेत मूल्याङ्कन गरिएको थियो । उत्कृष्ट कार्यालय घोषित भएपछि कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले खुशी साट्दै थप जिम्मेवारी थपिएको महशुस भएको बताउनुभयो । उहाँले यो पुरस्कार कृषि ज्ञान केन्द्रको मात्र नभई समग्र किसानहरुको महेनत र अगावले गर्दा प्राप्त भएको समेत बताउनु भयो । ‘‘मेरो मात्रै प्रयाशले हैन, कर्मचारी टिम, कृषक, राजनीतिक दल लगायतको सहयोगले अगाडी बढेकाले सफलता मिलेको हो’’ केन्द्र प्रमुख तिवारीले भन्नुभयो । कृषि क्षेत्र हाल सङ्कटमा रहेको यसबाट पार लगाउन सबैको साथ र सहयोग आवश्यक परेको उहाँले बताउनुभयो । ‘जमिनहरु बाँझिएका छन्, युवा विदेश गएका छन् किसानले मूल्य पाएनन् भन्ने गुनासो छ, तिवारीले भन्नुभयो, सङ्घ,प्रदेश, स्थानीय गरी तीनवटै तहका सरकार र कृषकहरु छलफल गरेर समाधान निकाल्नु पर्छ ।’’

केन्द्रको कार्यालय परिशरमा अगाडी फूलहरु, मौरी सहित घार तथा पछाडी तथा दायाँबायाँ विभिन्न फलफूल तथा तरकारीको बेर्ना लगाईएको छ । कृषकलाई ज्ञान लिन सजिलो होस् भनेर कार्यालय परिशरमा त्यस्तो व्यवस्था गरिएको केन्द्रले जनाएको छ । प्रदेश सरकारको मूल्याङ्नमा सुशासन तथा पारदर्शीढङ्गले काम गर्न सफल भएकोले छनोट भएको जनाईएको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button