नेपाल शिक्षक संघ व्यास नगर समितिको शुभकामना आदान प्रदान सम्पन्न

दमौली खबर संवाददाता
दमौली, कात्तिक ६ ।
नेपाल शिक्षक संघ व्यास नगर समिति तनहुँको आयोजनामा शनिवार विपि स्मृति भवनमा शैक्षिक अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका सभापति जीत प्रकाश आलेले शिक्षाको गुणस्तर वृद्धिमा आम शिक्षकहरु एक भएर लाग्नुपर्ने बताउनुभयो । नेपाल शिक्षक संघका पूर्व केन्द्रिय उपाध्यक्ष ब्रम्हदत्त तिमिल्सेनाले शिक्षक समाजको पथ प्रदर्शक भएकाले नैतिक आचरणमा बसी भविष्यका कर्णधार बालवालिकाको सर्वाङगीण विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेपाल शिक्षक संघ व्यास नगरका अध्यक्ष विरबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस व्यास नगर सभापति सुर्य चन्द्र बस्नेत, शिक्षक संघका केन्द्रिय सदस्य चिनु पोख्रेल नेपाल शिक्षक संघका उपसभापति रसमाया गुरुङ, शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोख्रेल आरसी निर्मल माविका प्रधानध्यापक गणेशचन्द्र बस्नेत संघिय प्रतिनिधिहरु लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button