म्याग्देको जनसेवा सहकारी संस्थाको भवन शिलन्यास
दमौली खबर संवाददाता
दमौली, माघ १८
म्याग्दे गाँउपालिका– ४, थर्पुमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको भवन निर्माणको शिलन्यास भएको छ । म्याग्दे गाँउपालिका र जनसेवा सहकारी संस्थाको लागत सहभागितमा वन्ने भवनको शिलन्यास गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बुधबार शिलान्यास गर्नु गर्नुभयो । संस्थाका अध्यक्ष दुर्गा वहादुर अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, संस्थापक अध्यक्ष निल वहादुर थापाले धारणा राख्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले सहकारीले कृषि तथा उत्पादनको क्षेत्रमा ठुलो योगदान दिएको वताउनुभयो । सहकारीले विभिन्न चरणमा विभिन्न कृषि मेला गर्दै आईरहेकोले पनि यसले आफनो जिम्मेवारी वहन गरेको पुष्टि भएको वताउनुभयो । सहकारीले आफ्नो उद्धेश्य अनुरुप काम गर्नुपर्ने हुँदा सहकारीको माध्यामवाट उत्पादन, कृषि र रोजगारीलाई जोडन सकिएमा आत्मनिर्भर र समृद्ध वन्न सकिने वताउनुभयो । सहकारीले गर्दे आएको योगदान र कार्यक्रमलाई दृष्टिगत गरेर नै यसलाई सवैको अपनत्व वनाउन, कृषकलाई प्रोत्साहन गर्न र उत्पादित वस्तुको वजारीकरणलाई ध्यान दिएर पालिकाले भवनको लागत सहभागितामा सहयोग गरेको वताउनुभयो । भवन निर्माण सम्पन्न भएपछि यसले थप आम स्थानिय जनतामा गुणस्तरीय सेवा दिने कुरामा विश्वस्त छु, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
गापा उपाध्यक्ष घिमिरेले सहकारीको माध्यामवाट समाजलाई एकीकृत वनाउन सकिने वताउनुभयो । सहकार्य र सहकारी नै समाज परिवर्तनको साधन भएको हँुदा अगामी दिनमा झन् यसको दायरा फराकिलो वनाएर कृषि र उत्पादनमा जोड्न प्रेरित गर्नुपर्ने वताउनुभयो । स्थानिय स्तरमा उत्पादित वस्तुको वजारीकरण, कृषिम जोड, उत्पादन र कृषकलाई प्रोत्साहनमा यो सहकारीले महत्वपुर्ण भुमिका खेलेको छ । अबको दिनमा व्यवसायिक कृषिमा जोड दिनुपर्दछ उपाध्यक्ष घिमिरेले वताउनुभयो । संस्थाको संस्थापक अध्यक्ष निलवहादुर थापाले संस्था यहाँ सम्म आईपुग्न सबैको साथ र सहयोग रहेको हुँदा अगामी दिनमा थप परिस्कृत भएर काम गर्नुपर्ने वताउनुभयो । २०३४ सालमा स्थापित भएको सहकारीले कृषिमा आधारित भएर काम गर्दै आईरहेको संस्थाको अध्यक्ष दुर्गा वहादुर अधिकारीले वताउनुभयो । ६२० जना शेयर सदस्य रहेको सहकारी संस्थाले कृषिलाई प्राथमिकता दिएर वचत तथा ऋणको कारोवार पनि गर्दे आईरहेको छ ।
१ रोपनी जग्गाको क्षेत्रफलमा वन्ने भवनको २० लाख स्टमेट रहेकोमा ५० प्रतिशत म्याग्दे गाँउपालिका र ५० प्रतिशत सहकारीको लागत सहभागितमा निर्माण हुनेछ । सहकारीले हाल रसायनिक मल विक्री वितरण गरि स्थानिय समुदायलाई सेवा दिईरहेको छ । संस्थाका सचिव जितराज रानाले संचालन गरेको कार्यक्रममा समाजका प्रभुत्व तथा वौद्धिक व्य्िक्त, समाजिक अगुवा लगायत स्थानिय जनताको सहभागिता रहेको थियो । आर्थिक वर्ष ०७९।०८० को वजेट वाट निर्माण गरिएको भवन ०८० असार मसान्त भित्र भवन निर्माण सक्ने संस्थाले लक्ष्य लिएको छ ।