दमौली खबरकर्मी परियारद्वारा मृगौला पीडित क्षेत्रीलाई सहयोग


दमौली खबर संवाददाता
तनहुँको व्यास १२ छिर्कन निवासी २८ वर्षिय मृर्गौला पीडित अनुप क्षेत्रीलाई दमौलीका सञ्चारकर्मी राजेन्द्र परियारले सहयोग गरेका छन् । क्षेत्रीलाई आइतबार सञ्चारमर्की परियारले घरमै भेटेर पाँच हजार आर्थिक सहयोग प्रदान गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै परियारले मृर्गौला पीडित क्षेत्रीको उपचारका लागि केही राहत मिल्ने विश्वास व्यक्त गरे ।

उनले भने “हाम्रो साने सहयोगले कसैको ज्यान बाँच्न सक्छ त्यसैले सहयोग गरेको हुु । उहाँको घरको आर्थिक अवस्था निकै कमजोर रहेको रहेछ सके सम्म हामी सबै सहयोग गर्न जरुरी देखिन्छ । सञ्चारकर्मी परियारद्दारा मृगौला पीडित क्षेत्रीलाई सहयोग क्षेत्रीले आफुलाई घरमा भेट्न आएर सहयोग गर्नुभएकोमा सञ्चारकर्मी परियारलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने , “बैशाख महिनामा डाक्टरले मृर्गौला प्रत्यारोपण गर्नुपर्छ भन्नुुभएको छ । घरको अवस्था कमजोर भएकोले सबैलाई सहयोगको अपिल गरेको हु । हजुरहरुबाट सहयोगको आशा गरेको छु । “ हाल उनि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा माषिक ८ पटक ४० हजार खर्च गर्दै डायलासिस गर्दै आइरहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button