देवघाट गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ

दमौली खबर संवाददाता

दमौली, फागुन ४

तनहुँको देवघाट गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । भवन निर्माणमा ढिलाई हुँदा कार्यालय भाडाको घरमा बस्नु पर्ने बाध्यता रहेको छ । ठेकेदारले समयमा नै काम नगरेकाले भवन निर्माण कार्य ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनु भयो । २५ रोपनी क्षेत्रफलमा भवन निर्माणको कार्य अगाडि बढाइएको भएपनि ठेकेदार र कमसल सामग्रीले गर्दा भवन निर्माणको कार्य द्रुत गतिमा अगाडि बढ्न नसकेको गाउँपालिकाले जनाएको छ । भवन ढिलो निर्माण हुनुको पछाडि ठेकेदार जिम्मेबारी रहेको देवघाट यस अघि ठेकेदारले निर्माण सामग्री समेत गुणस्तरहिन प्रयोग गरेकाले पछि गुणस्तरयुक्त सामग्रीहरु राख्न लगाइएको अध्यक्ष थापाले बताउनुभयो । एउटै ठेकेदारले ५ ठाउँमा काम लिदा भवनलाई अलपत्र बनाउने गरिएको थापा बताउनुहुन्छ । ठेकेदारलाई भवनको निर्माणको लागि तीन महिनाको म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ । ५ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण हुने भवनमा लगाउनुपर्ने मार्बल समेत गुणस्तरहिन भएकाले फेरी अर्कै मार्बल मगाइ लगाउन लगाएको अध्यक्ष थापा बताउनुहुन्छ । चार तले २० कोठे उक्त भवन सुविधासम्पन्न र अत्याधुनिक भवन निर्माण कार्य हाल अलपत्र परिरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button