व्यास नगर प्रमुखमा दीपकराज जोशी किन ?

कृष्णराज खनाल

नेपालमा यतिबेला चुनावी सरगर्मी बढ्दै जान थालेको छ । तीन तहको निर्वाचन एक साथ गर्ने कि भिन्दा भिन्दै भन्ने वहस पनि आरम्भ भएको छ । र, चुनावी उम्मेदवारको पनि जोड घटाउ सुरु भएको छ । देशका थुप्रै नगर दमौलीको व्यास नगरपालिका पनि एक हो । यो नगरपालिकाको प्रमुखमा अहिलेदेखि नै एक जना त्यस्ता आँखा लगाएका छन् जसको चिन्तन आध्यात्मिक, ग्रामीण विकास, परिवर्तनको हुटहुटी र राजनीतिक विरासत छ । ती व्यक्ति हुन्–दीपकराजजोशी । दीपक नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीका ज्येष्ठ पुत्रहुन् । दीपक अमेरिकाको लोभलाग्दो जीवनर वैभव मात्र ल्यागेनन् अमेरिकाको ग्रिनकार्ड पनि त्यागेर नेपालकै ग्रामीण क्षेत्रमा केही उल्लेख्य काम गर्छु र जनताको मन जित्छु भन्नेर नेपाल फर्के । त्यसो त साथीभाइहरुले उनलाई कहाँ नेपाल जाने ? भनेर नउक्साएका होइनन् तर उनले झट्ट निर्णय लिए र फर्किए नेपाल ।

उनी स्थानीयतहको आगामी निर्वाचनमा आफ्नै जन्मभूमि तनहुँ व्यास नगरपालिकाको प्रमुखका रुपमा उम्मेदवारी दिने तयारीमा छन् । यसका लागि उनले व्यास नगरपालिकाका हरेक जसो ग्रामीण वस्तीमा पुगेर जनताको सुख दुख र विकास निर्माणका बारेमा चासो लिएर गर्नुपर्ने कामको फेहरिस्त तयार गरिसकेका छन् । उनीसँग स्थानीय क्षेत्रमागर्नुपर्ने ठूलो योजनाको खाका छैन र जनताको ठूलो इच्छा वा माग पनि छैन । स्थानीय इलाकाबाटै राजनीति गर्नुपर्छ भन्ने मान्यताले डोर्‍याएको कारण उनको व्यास नगरपालिकामा परेको हो । र, उनको राजनीतिक विरासतको क्षेत्र पनि यही हो । दीपकको स्थानीय जनतामा विकास र परिवर्तनको आभास गराउने लक्ष्य छ ।

उनमा देश र विदेशको अनुभव छ, विद्वता छ, जाँगर छ र यस क्षेत्रमा केही गरौँ गरौँ भन्ने योजना र भावना छ । उनी भन्छन् ‘म ठूलो योजना र काम गर्छु भनेर भन्दिन तर जनताका इच्छा र आकाँक्षालाई सम्वोधनगर्न सक्छु यो मेरो कर्तव्य हो ।’उनको भनाइमा ‘जनताको जीवनस्तर उकास्न नगरप्रमुखले गर्नसक्ने र गर्नुपर्ने थुप्रै कामहरु छन् ती कामहरु म लगनका साथ जनताको मेयर भएर काम गर्छु’ भन्ने उनको जोड छ ।

जुन बेला नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री पिता गोविन्द राजको हातमा शक्ति र सत्ता थियो त्यस बेला दीपक भने सक्ता, शत्ति र पैसाको चलखेल र लेनदेनबाट सधैँ पृथक रहे । बाबुको पद र ओहोदाको कहिल्यै पनि उनले गलत प्रयोग गरेनन् । वरु यो कुरालाई चटक्क छोडेर उनी अमेरिका गए र बाबुको ओर्लदो राजनीतिक यात्रापछि उनीमास्टर्स डिग्रीका दुइ दुइ वटा प्रमाणपत्र र दूरसञ्चार क्षेत्रको विशाल कार्य अनुभव बटुलेर नेपालफर्के । यस बारेमा उनको आफ्नै धारणा छ । ‘यहाँ गर्नुपर्छ भन्ने मानिसको अभाव छ । पदमा बसेकाहरु जागिरे मनोवृत्तिबाट ग्रस्त छन् । उनीहरुसँग न विचार छ, न केही गरौँ भन्ने जोश र जाँगर छ, न इमान्दारिता छ अनि कसरी विकास हुन्छ ?’उनको भनाइ छ । ‘त्यसैले म नगरपालिकामा नै उठ्नुपर्छ भन्ने लागेर नै यो क्षेत्रमा हामफालेको हुँ’ ५१ वर्षीय सात्विक प्रकृतिका दीपक राजको भनाइ छ । उनीसँग सामाजिक विकास, खेतीपाती, शिक्षा, स्वास्थ्य, अध्यात्मिक र वातावरण जस्ता थुप्रै विषयमा समाज रुपान्तरणको राम्रो योजना र खाका भएकोले पनि उनको उम्मेदवारी पुष्टि हुन्छ । उनी राजनीतिलाई जागिर होइन, विशुद्ध समाज सेवाका रुपमा परिचय गराउने योजनामा छन् । उनी पाए नै विरासतको नेपाली काँग्रेसको टिकटबाटै उम्मेदवार हुन चाहन्छन् ।

उनी सँग लोकतन्त्रको आवरण होइन, आचरण छ, व्यवहार छ र विश्वास पनि छ । उनले नेकाँकै राजनीति गरे र थुप्रै पटक जेलको यातना समेत भोगे । तर कथम् नेपाली काँग्रेसले टिकट दिएन भने पनि उनी कुनै पार्टीको फेरो समाएर नगर प्रमुख हुन चाहन्छन् । ‘मेरा पिताले मात्रै होइन, मेरो पनि विद्यार्थी राजनीतिमा सहभागिता र सक्रियता थियो । ‘त्यसैले यो पदकालागि म योग्य पनि छु, काम पनि गर्न सक्छु ।’ उनको विचारमा ११ देखि १८ वर्ष उमेरका बालबालिकाहरुको लागि नेतृत्वदिने क्षमतावान व्यक्ति छैनन् । त्यसका आफू हरदमतयार भएको उनको भनाइ छ ।

नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले लोकतान्त्रिक आचरण भएका योग्य मान्छेको हातमा सत्ताको साँचो हस्तान्तरण गर्नु नेपाली काँग्रेसको पनि हितमा छ । नवीन पुस्ताका बालबालिकालाई राजनीतिक वृत्तमा संलग्न गराइ राख्न र नेकाले हाम्रा मान्छे होइन, योग्य मान्छेलाई आमन्त्रण गर्दछ, उनीहरुलाई निर्वाचनको लागिटिकट दिन्छ भन्ने कुराको पुष्टि हुने भएकोले दीपकलाई व्यास नगरपालिकाको टिकट दिनु नेपाली काँग्रेस कालागि यो एक अमूल्य अवसर पनि हो र मौका पनि हो भन्ने मेरो ठम्याइ छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button