सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाद्धारा खेलकुद सामग्री सहयोग

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, कात्तिक ३ ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले व्यास नगरपालिका १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा छात्र–छात्राहरुलाई विहिवार खेलकुदका सामाग्रीहरु वितरण गरेकोछ ।
कम्पनीको पाँचौ बार्षिकोत्सवको अवसरमा  केशवटार माध्यमिक विद्यालयमा पुगी शाखा प्रमुख रविचरण गिरीको नेतृत्वमा विद्यालयका प्रधानध्यापक यमलाल थापा, शिक्षक अभिभावक संघका अध्यक्ष कुमार थापा, सहायक प्रधानध्यापक तेज बहादुर थापा लाई सयुक्त रुपमा भलिवल व्याडमेन्टिन, रिङ्ग टेवलटेनिस खेलका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
त्यस अवसरमा बोल्दै शिक्षक अभिभावक संघका अध्यक्ष कुमार थापाले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको  यो कामले विद्यार्थीहरुलाई खेलकुद प्रतिको आकर्षण समपर्ण बढाउने बताउनुभयो  ।
विद्यालयका प्रधानध्यापक यमलाल थापाले कम्पनीलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेका थिए त्यस अवसरमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी दमौली शाखाका प्रमुख रविचरण गिरीले सानो सहयोग भएपनि यसले विद्यार्थीहरुमा खेल प्रतिको आर्कषण बढ्ने बताउनुभयो

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button