बाल प्रतिभा प्रस्फुटन बोर्डले बालबालिकालाई सृजनात्मक बनायो

दमौली खबर संवाददाता
शंकरराज नहर्की
केशवटार, कात्तिक ३ ।
व्यास नगरपालिकाको वडा नम्बर १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा बालवालिकाका लागि बालप्रतिभा प्रस्फुटन बोर्डको स्थापना भएपछि बालवालिकाका सिर्जनात्मक रचनाहरुले उक्त बोर्ड भरीभराउ हुने गरेको छ । विगत १ बर्ष अगाडी देखी उक्त बाल प्रतिभा प्रस्फुटन बोर्डको स्थापना भएपछि केशवटार मावि बाल क्लवले विद्यालयमा आयोजना गर्ने विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रचनाहरु उक्त बोर्डमा टास्ने गरिएको विद्यालयका प्रधानध्यापक यमलाल थापाले बताए ।
उक्त बोर्डमा कथा कविता सुन्दर हस्तलेखन विभिन्न प्रकारका चित्रकलाहरु प्रत्येक महिना महिनामा टास्ने गरेको बालक्लवका अध्यक्ष गौरव आले बताउनु हुन्छ
विद्यालयका नेपाली विषयका शिक्षक नविना थापा बालवालिकाका प्रतिभाहरुलाई बोर्डमा प्रकाशित गर्दा उनिहरुमा थप हौसला मिल्ने र अझ सिर्जनशिल बन्ने बताउँछन् । यसरी केवशटार माध्यमिक विद्यालयका वालवालिकाहरुले गरेको यो सिर्जनात्मक र रचनात्मक कार्यको जिल्लाभरका अन्य विद्यालयका विद्यार्थीहरुले पनि सिको गर्न जरुरी देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button