चितुवाको आक्रणबाट घाईते बालिकाको लागि आर्थिक सहयोग जुट्दै

राम धामी

चितुवाको आक्रमणबाट गम्भिर घाईते भएकी बालिकाको थप उपचारको लागि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । अमेरिकामा रहेका राजेश पन्त, जिम हेत्जल लगाएत समुहले आर्थिक सहयोगमा गरेको हो । लियो क्लब अफ आँबुखैरेनी सिटी मार्फत आँबुखैरेनी गाउँपालिका वडा नं.१, समस्तीपुरमा चितुवाको आक्रमणबाट घाईते भएकी १० बर्षिय बालिका अमिषा थापाको थप उपचारको लागि ३० हजार सहयोग गरिएको हो ।

लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष लायन शिव खनाल, लियो क्लब अफ आँबुखैरेनी सिटीका प्रथम उपाध्यक्ष प्रसन्न अधिकारी, द्धितिय उपाध्यक्ष शैलेश वाग्लेको उपस्थितीमा चितुवाको आक्रमणबाट घाईते भएकी बालिकाको मामालाई सो सहयोग रकम हस्तान्तरण गरिएको हो । गत श्रावण १७ गते शनिबार साँझ ९ बजे चितुवाको आक्रमणबाट गम्भिर घाईते भएकी अमिषा थापाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । यसैगरी, आँबुखैरेनी गाउँपालिका–३, का युवा व्यवसायी तथा समाजसेवी अभियान श्रेष्ठले पनि थापाको थप उपचारको लागि १५ हजार सहयोग गरेका छन् । आर्थिक अवस्था न्यून रहेको र उपचारको लागि आर्थिक समस्या आएपछि श्रेष्ठले घाईते बालिका उपचारत अस्पताल चितवन मेडिकल कलेजमा सोमबार गएर आर्थिक सहयोग गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button