सासंद सिग्देलद्धारा पहिरो पिडितलाई राहत रकम हस्तान्तरण

वि वि श्रेष्ठ
म्याग्दे, ६– वेलौते

प्रतिनिधिसभा सदस्य एवं तनहुँ क्षेत्र नं २ का सासंद केदार सिग्देलले असार २९ र श्रावण ५ गते परेको अविरल वर्षाका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् । म्याग्दे गाँउपालिका वडा नं ६ वेलौतेमा लक्ष्मी विकको पहिरोले घर ढलेर मृत्यृ भएका थियो । सासंद सिग्देलले मृतकको आमालाई संघिय सरकारको तर्फ बाट प्राप्त हुने दुई लाख रुपैया सहयोग रकम मध्ये एक लाख रुपैया आज स्थलगत अनुगमन गरेर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सांसद सिग्देलले प्राकृतिक विपक्तिमा परि ज्यान गुमाउनेको परिवारलाई सान्त्वना समेत दिएका हुन् । प्राकृतिक विपक्तिले देशका धेरै ठाँउमा भौतिक तथा मानविय क्षति गरेको हुदाँ आम जनताहरु नै वर्षाको समयमा सचेत बन्नुपर्ने सिग्देलले बताएका छन् । उनले विपक्ति आएपछि पुर्नस्थापनाका लागी सबै सम्वन्धित निकायहरुलाई तत्काल सहयोग गर्न समेत आग्रह गरेका थिए । आर्थिक सहयोग वितरण कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सडक डिभिजन कार्यलयका ईन्जिनिय सचिन श्रेष्ठ, सिंचाई डिभिजन तनहुँका प्रमुनदिप गौतम लगायतको उपस्थिती रहेको थियो ।

यसैगरि सासंद सिग्देलले म्याग्दे–२, निर्मलवस्तीमा पहिरोको क्षतिका अवलोकन, नयाँवस्तीमा गएको पहिरो र त्यसले पारेको क्षतिको बारेमा समेत निरिक्षण गरेको छन् । सो कार्यक्रममा नेकपा तनहुँको नेताहरु प्रदिप अधिकारी, रामचन्द्र उपाध्याय, हरिराज कडेल, श्रीप्रसाद श्रेष्ठ, मुक्ति तिमल्सेना, लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button