कायस्थाद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग

दमौली
कलाकार संगम कायस्थले मुस्ताङ घरभई हाल पोखरा बगर बस्दै आएकी मृगौला पिडित स्वेता अवस्थीलाई आर्थिक सहयोग गरेका छन् । दुबै मृगौला पडित अवस्थीको हाल पोखरा स्थित मणिपाल शिक्षण अस्पतामा उपचार भइरहेको छ । उनको परिवारको आर्थिक अवस्था कमजोर भए संगै कायस्थले आफ्नो तर्फबाट र अरु बाट सहयोग जुटाएर अवस्थीलाई सहयोग गरेका हुन् ।

उनकै पहलमा विभिन्न पेशामा आबद्ध देश बिदेश रहेका दाताहरु बाट रु ३० हजार रुपैयाँ संकलन गरी अवस्थीलाई हस्तान्तरण गरेका हुन् । कायस्थले भने “यो पहिलो चरणको सहयोग हो । हामाीले अझै सहयोग रकम संकलग गर्ने तयारी गरेका छौं, हाम्रो सानो सहयोगले कसैका ज्यान बाच्न सक्छ भने हामी आफ्नो तर्फ बाट सकेको सहयोग गर्न तयार छौं । ” कायस्थ पेशाले कलाकार हुन् उनले अदि दर्जन भन्दा बढि म्युजिक भिडियो गरि सकेका छन् । उनी भिक्टोरीया डान्स एण्ड एकटिङ स्कुलका संस्थापक समेत हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button