कलाले ल्याईन् ‘लाहुरेले झुक्यायो’

तनहुँकी चेली राष्ट्रिय गायिका कला लम्सालले दशैं कोसेलीको रुपमा दर्शकलाई ‘लाहुरेले झुक्यायो’ गीत लिएर सार्वजनिक गरेकी छिन् । धानको चामल धानकै चिउरा, पातली लगायतका गीतले बजार तताएपछि लकडाउनकै बेला सुटिङ गरिएको नयाँ गीतबाट कलाले निकै आशा गरेकी छन् । ‘लकडाउनको पीर भुल्ने गरी दर्शकका लागि यो मेरो दशैं कोसेली हो,’ लम्सालले भनिन्,‘राम्रो प्रतिक्रिया आइरहेको छ ।’ उनले गीत आफ्नै युटुब च्यानलमा अपलोड गरेकी छिन् । गीत लोक शैलीको बेग्लै स्वादको भएको र दर्शकलाई मनोरञ्जन दिने लम्सालले दाबी गरिन् यस गीतमा गायिका लम्साललाई गायक बिमल परियारले साथ दिएका छन् ।

गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । चेतन गोताम उक्त गीतका संगीत संयोजक हुन् । गीतमा खड्ग बुढाको मादल, भुवन गन्धर्वको ढोलक र तबला बादन, सञ्जीब बराइलीको बास गिटार, गोपाल देव घतानीको बाँसुरी, धर्म गन्धर्वको सारंगी, बलबहादुर जैरीको सहनाइ वादन सुन्न सकिन्छ । सो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा अभिनेता गम्भिर विष्ट तथा गायिका कला लम्सालले अभिनय गरेका छन् । नवराज उप्रेतीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण भट्ट भिडियोका सम्पादक हुन् मौलिक गीत गाउने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि पातली २, धानको चामल, पताली , ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी’ लगायतका तीज गीत बजारमा ल्याएकी छिन् ।

कलाका दुई दर्जन भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् । उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रहेकोद थियो । हरितालिका तीज लोक संस्कृतीको जर्गेना गर्ने पर्व भएकाले आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएको गायिका लम्सालले बताइन । उनले तीज सँग नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नका लागि मौलिक गीतको निर्माण तर्फ लागेको बताईन् ।

तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् । उनले सांगीतिक क्षेत्रमा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई अघि बढाउने योजना छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button