कृषि विकास बैंकद्धारा दमौलीमा आफ्नै भवनबाट बैङ्किङ सेवा सञ्चालन मासिक एक लाख १० हजार रुपियाँ घर भाडा बचत

दमौली खबर संवाददाता

अमरराज नहर्की

तनहुँ, माघ २१

कृषि बिकास बैंक लिमिटेड दमौली शाखा आफ्नै सुविधा सम्पन्न भवनबाट कार्य सञ्चालनमा ल्याएको छ । सम्पूर्ण बैंकिङग सेवा सुबिधा छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा प्रदान गर्ने हेतुले आफ्नै भवनबाट शाखा सञ्चालनमा ल्याईएको बैंकले जनाएको छ ।

व्यास नगरपालिका–२ मेनरोड दमौलीमा रहेको दमौली शाखा अब बैंकको आफ्नै भवनमा सोही वडाको भिमसेनथान भवनमा स्थानान्तरण भएको छ । सुविधा सम्पन्न यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ । आफ्नै ६ रोपनी जमिनमा रहेको भवनलाई सजावट गराएर शुक्रबारबाट स्थानान्तरण गरिएको शाखा प्रबन्धक भोला शर्माले जानकारी दिनुभयो ।

आफ्नै भवनका सरेपछि मासिक एक लाख १० हजार रुपियाँ घर भाडा बचत भएको प्रबन्धक शर्माले जानकारी दिनुभयो । आफ्नै जमिनमा निर्मित भवनलाई ४५ लाख रुपियाँको लागतमा सजावटको कार्य गरेर सञ्चालनमा ल्याईएको उहाँले जानकारी दिनुभयो । ‘सुविधा सम्पन्न भवन भएकोले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्न सहज भएको छ’ प्रबन्धक शर्माले भन्नुभयो । ‘नयाँ भनवमा सरेपछि बैंकको आफ्नो जमिन र भवनको सुरक्षा हुनुका साथै भाडा तिर्नु नपर्दा रकम वचत भएको छ’ प्रबन्धक शर्माले भन्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button