अक्सिजनको पाईपलाइन चोरी गर्ने खोजी गरौं

अस्पताल भनेको संवेदनशिल क्षेत्र हो । विरामीको लागि अस्पताल जीवन दिने साक्षात भगवानको मन्दिर सरह हो । तर तनहुँको सदमुकाम दमौली स्थित जिल्ला स्तरीय दमौली अस्पतालमा अक्सिजनको पाइप लाइन चोरी हुनु दुर्भाग्य हो । अस्पतालमा बन्दै गरेको सघन कक्षमा विरामीको लागि बेडमा अक्सिजन पु¥याउनको लागि जडान गरिएको तार चोरीनु भनेको गंभिर अपराध हो । पाइप लाइन चोरी भएपछि अस्पताल प्रशासन समान सुरक्षा गर्न कमजोर देखिएको छ । बन्दै गरेको सघन कक्षमा झाल र ढोका नभएकाले चोरलाई पस्न सजिलो हुनु गंंभिर कुरा हो । अस्पतालमा सुरक्षा गार्डको व्यवस्था भएको भए त्यस्तो हुने थिए ।

अस्पतालले आफ्नो आम्दानीबाट राख्न नसक्ने हुँदा सरोकारवालाले त्यसको प्रबन्ध गर्न चासो दिनुपर्दछ । पाईप चोरी हुनुमा अस्पताल भित्रकै कर्मचारीको सग्लनता हुने बढी सम्भावना छ । किनकी त्यहाँ रहेका बस्तुस्थिती उनिहरुलाई नै थाहा हुन्छ । अस्पतालमा आवश्यकता अनुसारको सिसी क्यामरा जडान गरिएको भएपनि चोर पत्ता लगाउन सकिन्थ्यो । क्यामेरा भएको भएर चोरी गर्नेको पनि आँट आउँदैनथ्यो । चोर पत्ता लगाउन प्रहरीले विशेष चासो राख्नु पर्दछ । चोर पत्ता लगाउन सकियो भने चोरको मनोवल गिर्दछ । चोर पत्ता लगाउने कार्यमा सबैले सहयोग गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button