दक्षिण एसियामै पहिलो पटक बन्दीपुरमा केवलकार भित्रै खाना र सुत्न पाइने

अमरराज नहर्की
बन्दीपुर(तनहुँ), भदौ । बन्दीपुरमा पारदर्शी शिसाभित्र सुतेरै पर्यटकले केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन पाउने भएका छन् । आगामी नयाँ वर्ष २०८० देखि बन्दीपुरमा पर्यटकलाई नयाँपन दिन खाना र सुत्न पाइने केबलकार सञ्चालन गर्न लागिएको हो ।  यस सुविधा थप गर्नका बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुरमा निर्माणधीन अवस्थामा रहेको केबलकारमा सो सुविधा थप भएको संरचना बनाउने भएको हो । दक्षिण एसियामै यस्तो सुविधा दिनेमा बन्दीपुर केबलकार पहिलो हुने दाबी कम्पनीको छ । m
 आवत जावतको समय पश्चात साँझपख केबुलकार भित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने लिमिटेडका कार्यकारी अधिकृत किरण पोखरेलले बताउनुभयो । प्रत्येक दिन साँझ ५ बजेपछि केबलकार सो सुविधा प्रदान गरिने उहाँले बताउनुभयो । उक्त समय पश्चात इच्छुक पर्यटकहरुले केबुलकार रिर्जभ गरी केबुलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिने पोखरेल बताउनुहुन्छ । हरेक पर्यटकले  नयाँपन खोज्ने भएकोले रेष्टुरेन्ट सुविधा सहितको केबलकार सञ्चालनमा ल्याउन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्मा बताउनुहुन्छ । खान वा सुत्न मिल्ने रेस्ट्रो–कार सञ्चालन गर्न भने थप ६ महिना लाग्ने शर्माले जानकारी दिनुभयो । दृश्यावलोकनका निम्ति २१ वटा केबलकार राख्ने कम्पनीले जनाएको छ । यी केबलकार अन्य ठाउँको भन्दा धेरै पारदर्शी सिसा हुने भएकाले पर्यटक रोमाञ्चिक हुने अध्यक्ष शर्मा बताउनुहुन्छ ।
        सामान्य यात्रा गर्ने केबलकार र रेस्ट्रो–कारको डब्बा हेर्दा उस्तै देखिए पनि भित्र फरक विशेषता र सुविधा हुने उहाँले बताउनुभयो । रेस्ट्रो–कार ११ वटा राख्ने तयारी भइरहेको र डिजाइन जर्मन कम्पनी कार्गाे टेकले गरिरहेको  अध्यक्ष शर्माले बताउनुभयो ।  कम्पनीका अनुसार यो सुविधा लिन यात्रुले रेस्ट्रो–कार बुक गर्नुपर्छ । एकपटकमा एक घण्टाका लागि बुकिङ हुन्छ । एक घन्टाको शुल्क २५ हजार रूपियाँ लाग्छ । एउटा रेस्ट्रो–कारमा आठ जनासम्म बस्न सकिने र एक घन्टामा सात पटक तलमाथि गराइने व्यवस्था गरिने भएको छ । ‘रेष्टोकारमा सुतेर झोलुङ्गोको झैं मजा लिन सकिने भएकोले पर्यटकले बेग्लै मजा लिन पाउने हुँदा पर्यटक थप आकर्षित हुने अपेक्षा गरेका छौं’ अध्यक्ष शर्माले भन्नुभयो । केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चल्ने  रेस्ट्रो–कार भने बेलुका ५ बजेदेखि नौ बजेसम्म चल्ने र दैनिक सय जनालाई सेवा दिने क्षमताको बनाईने लिमिटेडले जनाएको छ । ‘केबलकार भ्रमण र दर्शनका लागि मात्र प्रयोग हुँदै आएकोमा बन्दीपुरमा मनोरञ्जनको सुविधासहित नयाँ अवधारणामा सञ्चालन गर्ने र यस्तो सुविधा भएको केबलकार हालसम्म दक्षिणा एसियामै भएको अध्यक्ष शर्माले दाबी गर्नुभयो । केबुलकार भित्रै शौचालय सहितको सुविधा सम्पन्न बनाउनको लागि  कतिसम्म लोड धान्न सक्छ भनेर अनुसन्धान गर्ने कार्य पनि भैरहेको छ ।
यस वर्षको दशैंदेखि केबुलकार सञ्चालन गर्ने तयारी गरिएपनि कोरोना सङ्क्रमण लगायतले गर्दा विदेशबाट समान मगाउने क्रममा  कृत्रिम अभावले गर्दा समयमा पाउन नसक्दा निर्माण कार्यमा ढिलाई हुन पनि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागिएको पोखरेल बताउनुहुन्छ । आगामी नयाँबर्ष २०८० देखि केबुलकार सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर ६०० मिटर दुरीको यात्रा पर्यटकले विद्युतीय केवलकारमा सात मिनेटमा पार गर्न पाउने छन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ ।
 केबलकार र चारतारे होटल निर्माण कार्य सहित कूल रु.तीन अर्ब लगानी हुने देखिएको कम्पनीले जनाएको छ । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा पच्चीस प्रतिशत सामानको मूल्य बृद्वि भएकोले लागत बढ्ने सङ्केत देखिएको हो । केवलकारको माथिल्लो स्टेसनमा चार तारे स्तरको होटल पनि बनिरहेको छ । १७ तलाको यो होटललाई ’क्वीन टावर’ नाम दिइएको छ । शर्माका अनुसार होटलको मुख्य विशेषता भनेको १७ औं तलाबाट बन्दीपुर आसपासका रमणीय स्थलको अवलोकन गर्न पाइन्छ ।  क्वीन टावरमा ८४ वटा कोठा हुने कम्पनीले जनाएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो ।  केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर दुई अर्ब ६० करोड रुपियाँ पुगेको कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनुभयो । यसअघि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सयको हुनेछ । होटलको माथिल्लो स्टेशनको कोठा सङ्या  ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याईएको छ ।
केबलकारसँगै आइपिओ जारी हुने
त्यसैगरी  लिमिटेडले केबलकार चलेपछि आइपिओ जारी गर्ने पनि घोषणा गरेको छ । आइपिओ लागि निम्ति एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको छ । केबुलकार र आइपिओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । शेयर निष्काशन गरी २० प्रतिशत सर्वसाधारणलाई र दश प्रतिशत कम्पनी भित्रका कर्मचारीहरुलाई प्रदान गरिने छ । त्यसैगरी, यसअघि बन्दीपुर केबुलकारमा एक हजार चार सय जनालाई शेयर बितरण गरेको छ । उक्त परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ ।
बन्दीपुरका मूख्य आर्कषणहरु ः
बन्दीपुरबाट धौलागिरी देखि अन्नपूर्ण माछापुच्छ्रे, मनास्लु, बुद्ध,  हिमाल देखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खलाका सयौं चुचुरो सजिलैं देखिन्छ ।
     प्रमुख आर्कषण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, सस्कृति, ढुङ्गा विच्छाईएका बाटाहरु, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, सहिदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, प्याराग्लाइडिङ आदि हुन् । बन्दीपुरबाट आधाघण्टा ओरालोमा एसियाकै ठुलो मानिने सिद्ध गुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार , छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्याङग आरोहण र मनोरम दृश्यले पर्यटकहरु आकर्षित हुने गर्छन् । केबलकार बने पछि बन्दीपुरमा पर्यटकको घुईचो लाग्ने अनुमान गरिएको छ ।
नेवार जातिहरुले बन्दीपुरलाई भारतको विभिन्न सहर हुँदै तिब्बत सम्मको मूख्य व्यापारिक केन्द्रको रुपमा विकास गरेका थिए । बन्दीपुर बजारलाई छक्काउँदै पृथ्वीराजमार्गले डुम्रेको बाटो हुँदै जानु, २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरलाई दमौलीमा स्थानान्तरण गर्नु जस्ता कारणले बन्दीपुर सुनसान बन्न पुगेको थियो । समाजसेवी तथा पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले करोडौंको लगानी गरी बन्दीपुरमा ‘बन्दीपुर माउण्टेन रिर्सोट’ पर्यटन केन्द्रको रुपमा विकास हुन मद्धत पुगेको स्थानीय गोबधर्न भट्टराईले जानकारी दिनुभयो । पर्यटन व्यवसायी श्रेष्ठ २०५७ सालमा रिर्सोट सञ्चालनमा ल्याउनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button