लगत प्रविष्टको लागि नगरपालिका र क्याम्पसबीच सम्झौता

दमौली खबर संवाददाता
दमौली, भदौ ५ । व्यास नगरपालिका र दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसविच भूमीहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत प्रविष्टको लागि आईतबार सम्झौता भएको छ ।
  प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी १४ वटै वडाको प्रविष्ट गर्न बाँकी करिब पाँच हजार ५०० संकलित लगतलाई १ महिना भित्र कम्प्युटरमा प्रविष्ट गर्ने कार्यका लागि सम्झौता गरिएको हो । हाल वडा नं १,२,३ को निस्सा वितरण कार्य सम्पन्न भइसकेको छ र थप वडाहरुको कार्य यसै सम्झौता बमोजिम अगाडि बढाइएको छ । सम्झौतापत्रको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला र आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले साटासाट गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button