मेयर कप फुटबल प्रतियोगिताको लागि २७ टिम दर्ता

दमौली÷५, भदौ
यही भदौ ८ देखि १४ गतेसम्म दमौलीको विपी वनबाटिकामा हुने सर्वाधिक राशीको पुरुष खुल्ला फुटबल प्रतियोगिताको उत्साहजनक सहभागिता हुने भएको छ । आईतबार सम्ममा प्रतियोगिताको लागि २७ टिम दर्ता भई सकेको छ ।
शितल चोक युथ क्लबले हरितालिका तीजका अवसरमा सो फुटबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको लागि टाढा टाढाको जिल्लाबाट समेत टिम दर्ता भएको र दर्ता हुने क्रम जारी नै रहेको खेल संयोजक राजेश मल्लले जानकारी दिनुभयो । काठमाडौं, धादिङ, स्याङ्जा, पोखरा लगायतका ठाउँबाट टिमहरु दर्ता भइसकेको जानकारी उहाँले दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख २ हजार २ सय २२ र द्वितीय हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा मल्लले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, घोषित गरी जनही ७ हजार ५ सय रुपैयाँ र मेडल प्रदान गरिने सचिवालय व्यवस्थापन समितिका संयोजक माधव न्यौपानेले जानकारी दिनुभयो । क्वाटर फाइनलका खेलदेखि म्यान अफ दी म्याच घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने जानकारी उहाँले  दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख ६ हजार रुपैयाँ खर्च हुने आर्थिक उपसमितिका संयोजक दुर्गाराज थापा मगरले जानकारी दिनुभयो । प्रतियोगिताका लागि देश विदेशबाट १२ लाख भन्दा बढी रकम संकलन भइसकेको पत्रकार सम्मेलनमा बताईएको थियो । जिल्लाकै सर्वाधिक राशीको खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएकाले पनि देशभरबाट ४० वटा भन्दा बढी टिम सहभागी हुने अपेक्षा आयोजकको छ । आयोजकका अनुसार प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुहुने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button