कम्युटर एशोसिएसन महासंघ नेपाल तनहुँको अध्यक्षमा भुषाल

दमौली खबर संवाददाता
दमौली, मंसिर २२
कम्युटर एशोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुषाल चयन हुनु भएको छ । क्यान तनहँुको  बुधबार सम्पन्न दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले चयन गरेको हो  ।
 नव गठित  महासंघको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा सुशीलकुमार श्रेष्ठ, कोषाध्यक्षमा मीनबहादुर कुँवर, सहसचिवमा सीता पाण्डे चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा रामप्रसाद भूषाल,उमेश भुषाल, पवन पौडेल र श्रवण श्रेष्ठ चयन हुनु भएको छ ।
क्यानका जिल्ला अध्यक्ष टिकाराम पनेरुको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको क्यान गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डेले उदघाटन गर्नु भएको  थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button