साना बालबालिकाको ठुलो सोचाई

नेपालीमा एउटा भनाई छ बालबालिका भनेको कुमालेको काँचो माटो हो जस्तो बनायो त्यस्तै हुन्छन् भन्ने । यो भनाई सार्थकता दिने वातावरण हामीले दिनु पर्दछ । अभिभावकले एउटा कापी र कलम अतिरिक्त पठाएर नहुने साथीलाई सहयोग गर है भन्ने कुरा सिकाएर आफ्ना सन्तानलाई ज्ञानी र सहयोगी बन्ने जग बसाल्नु पर्छ । चोरेर ल्याउने हैन आफूसँग भएको दिनु पर्छ भनेर सिकाउनु उपयुक्त हुन्छ । बालबालिकालाई हामीले उचित वातावरण दिन सकियो भने समाजमा योगदान दिन लायकका हुन्छन् । खाजा खर्च कटाएर व्यास नगरपालिका ११ स्थित चण्डेश्वरी आधारभूत विद्यायका ३१ जना चेपाङ बालबालिकालाई न्यानो कपडा र खेलकुदका सामग्री वितरण गरेर बालबालिको उदाहरणीय काम गरेका छन् ।
व्यास नगरपालिका ४ सिमलटार स्थित रामज्योति बोर्डिङ स्कुलका बालबालिकाहरुले वितरण गरेको एक नौलो काम गरेका छन् ।  रामज्योति बोर्डिङ स्कुलमा गठित इन्ट¥याक्ट क्लब अफ रामज्योतिमा आबद्ध बालबालिकाहरुले चेपाङ सहित अन्य जनजातिका बालबालिकाहरुलाई ति सामग्री वितरण गरेका हुन । खाजा खर्च रकम कटाएर उनीहरुले चेपाङ बालबालिकाहरुलाई न्यानो कपडा र खेलकुदका सामग्री बाडेकाले उनिहरुलाई भविश्यमा पनि यस्तै सामाजिक कार्य गर्न उत्प्रेरणा दिन्छ । इन्ट¥याक्ट क्लबमा आबद्ध बालबालिकाहरुले खाजा खर्च रकम कटौती गरी गरिब ति बालबालिकाहरुलाई सामग्री वितरण गर्नु खुसीको कुरा हो । यस्ता कार्यले बालबालिकालाई भविश्यमा असल नागरिक बन्न उप्रेरणा जगाउँछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button