अस्वास्थ्य प्रतिस्पर्धाको अन्त्य गरौं

दमौली खबर संवाददाता

आर्थिक मन्दीले गर्दा व्यवसायिक चहलपहल कम भईरहेको बेला तनहुँको सदरमुकाम दमौली प्रशासनचोकमा महंगो मूल्यमा टेन्डर राखिएको छ । जिल्ला समन्वय समितिको सटरमा चर्को मूल्य तिरेर टेन्डर पर्नु समन्वयलाई तत्कालको लागि फाइदा जनक देखिएपनि दिर्घकालिन रुपमा घाटा हुने सम्भावना छ । व्यवसायीले भाडा तिर्न नसकेर सटर छाडेमा लामो समय खाली भएर घाटा हुन सक्छ । समवन्यले न्यूनत भाडादर उपयुक्त राखेको हो तर व्यवसायीले चार गुणा बढी सम्म राख्नुले अस्वास्थ्य प्रस्पिर्धा हो । प्रशासन कार्यालय र मालपोत कार्यालय जाने मूख्य चोकमा रहेको सटरको झण्डै ५० हजार मासिक भाडामा टेन्डर पर्नु उपयुक्त होइन । चर्को मूल्यमा टेन्डर हाले पछि सो अगाडी रहेका निजी सटरले भाडा बढाउने जोखिम भएको छ । व्यास नगरपालिकाको सटरमा महंगो मूल्य तिरेर सटरमा टेन्डर पारेर भाडा तिर्न नसकेर बन्द भए जस्तै हुने हो कि भन्ने अनुमान गर्न सकिन्छ । प्रस्तिपर्धा हुनु राम्रो तर अति हुनु राम्रो होईन । अस्वास्थ्य प्रतिस्पर्धाले नागरिकहरु पनि ठगिनु पर्ने हुन्छ । भाडा धेरै तिर्नु पर्ने भएकोले ग्राहकलाई महंगो मुल्यमा विक्री गर्ने बाध्यता हुन्छ । यसले गर्दा सर्वत्र असर पर्न जान्छ । यस्तो अन्त्य हुन आवश्यक । अस्वास्थ्य प्रतिपर्धा गर्नेलाई निरुत्साहित गर्नु पर्दछ ।

Show More

Related Articles

Back to top button