लागु औषध गाँजा सहित युवक पक्राउ

दमौली खबर संवाददाता

तनहुँ, श्रावण ३२

तनहुँ प्रहरीले लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका –११ गैराबारीका बर्ष २६ को राहुल नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

घर, कोठाभित्र लुकाई राखेको अवस्थामा १ किलो ४०० ग्राम गाँजा फेला पारी मङ्गलबार बरामद गरिएको उहाँले जानकारी दिनुभयो । नेपालीलाई आज बुधबार तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको खाँडले बताउनुभयो ।

जसमध्ये ८ हजार ७४ जनाको परिचयपत्र बनेर आएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । पहिलो चरणमा स्थायी स्टेशनबाट ल्याइएका विवरणहरुको कार्ड बनेर आएकाले वितरण भइरहेको पाठकले बताए ।

Show More

Related Articles

Check Also
Close
Back to top button